३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

तिम्ल्याहाले घरमै पाए नागरिकता

१७ असार २०८२, मंगलवार १६:५३

काठमाडौँ | विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उहाँहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताउनुभयो ।

तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाउनुभएको हो । उहाँहरुमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा रहनुभएको छ ।

आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उहाँहरुको आफैँले स्याहार सुसार गरिरहेको बताउनुभयो । “एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,” उहाँ भन्नुहुन्छ, “तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन् ।”

रातो कार्ड कार्ड प्राप्त गरेसँगै उहाँहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत पाउने नगरउपप्रमुख सङ्ग्रौलाले बताउनुभयो । उहाँले तीनैजनाको उपचारसमेतमा सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ