२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी तुवाचुङमा नगरमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

२०८२, १७ असार मंगलवार १४:०५

काठमाडौँ | हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको परीक्षमा उत्तीर्ण हुँदै नगर हुने प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा जुटेको नगरपालिकाले शैक्षिक सत्र २०८१ को एसइई तथा कक्षा ४ देखि ९ सम्म सञ्चालन गरिएको नगरपालिकास्तरीय वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याएर नगर प्रथम हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको हो ।

एसइईमा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण हुँदै नगर प्रथम हुने छात्रछात्रालाई समान रुपमा नगद रु ५०÷५० हजार तथा द्वितीय हुनेलाई रु २५÷२५ हजार पुरस्कार प्रदान गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

प्रवक्ता गिरीका अनुसार एसइईमा छात्रतर्फ लक्ष्मी मावि बडहरेका गणेशकुमार दाहाल तीन दशमलव ५३ जिपिए ल्याएर नगर प्रथम तथा च्यास्मिटार मावि च्यास्मिटारका सोनम राई तीन दशमलव ३४ जिपिएर ल्याएर उत्तीर्ण हुँदै द्वितीय हुनुभएको छ ।

यसैगरी, छात्रातर्फ लक्ष्मी मावि बडहरेकी दुर्गाकुमारी कटवाल र सरस्वती मावि अर्खौलेकी जेनिशा श्रेष्ठ समान तीन दशमलव ३१ जिपिएर ल्याएर एसइई उत्तीर्ण हुँदै नगर प्रथम हुनुभएको छ । महेन्द्रोदय मावि महावेदस्थानकी स्वस्तिका राई तीन दशमलव २९ जिपिए ल्याएर एसइई उत्तीर्ण गर्दै नगर द्वितीय हुनुभएको जनाइएको छ ।

नगरपालिकास्तरीय वार्षिक परीक्षामा नगर प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः रु १० हजार र रु पाँच हजार प्रदान गरिएको छ । कक्षा ४ मा बाझेओढार आधारभूत विद्यालयकी सुनिता विश्वकर्मा प्रथम तथा रोशिका अधिकारी द्वितीय, कक्षा ५ मा सोही विद्यालयका काजल विश्वकर्मा प्रथम तथा मनिस राई द्वितीय, कक्षा ६ मा बुलापन्थे मावि धितुङकी पनिता राई प्रथम तथा दामोदर महासिंह आधारभूत विद्यालय दुर्छिमकी एन्जलिका राई द्वितीय हुनुभएको जनाइएको छ ।

कक्षा ७ मा मालिकादेवी मावि बाहुनीडाँडाकी लक्ष्मी राई प्रथम तथा शान्ति आधारभूत विद्यालय बडहरेकी युनिशा राई द्वितीय, कक्षा ८ मा महङ्कला आधारभूत विद्यालय राजापानीकी रोजिना कार्की प्रथम तथा ज्योति मावि राजापानीकी सविना कार्की द्वितीय हुनुभएको छ ।

यसैगरी, कक्षा ९ मा बुलापन्थे मावि धितुङका अनिल कटवाल प्रथम तथा मालिकादेवी मावि बाहुनीडाँडाकी रजिका राई द्वितीय हुनुभएको जनाइएको छ ।

एसइईमा नगर प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु १५ हजार पुरस्कार प्रदान गरिएको छ । लक्ष्मी मावि बडहरे प्रथम, कालिका मावि बाहुनीडाँडा द्वितीय र महेन्द्रोदय मावि महादेवस्थान तृतीय भएका छन् ।

कक्षा ४ देखि ९ सम्म नगर प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ । कक्षा ४ देखि ५ सम्मका विद्यालयमध्ये नगर प्रथम हुने बोझेओढार आधारभूत विद्यालय बडहरेले रु ३० हजार, द्वितीय हुने कलङ्का आधारभूत विद्यालय च्यास्मिटारले नगद रु १५ हजार र तृतीय हुने देउराली आधारभूत विद्यालय च्यास्मिटारले रु १० हजार प्राप्त गरेको छ ।

कक्षा ६ देखि ८ सम्मका विद्यालयमध्ये नगर प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरेका छन् । शान्ति आधारभूत विद्यालय बडहरे प्रथम, मालिकादेवी आधारभूत विद्यालय बाहुनीडाँडा द्वितीय र बुलापन्थे मावि धितुङ तृतीय भएका छन् ।

कक्षा ९ मा दुर्छिम मावि दुर्छिम प्रथम, दाम्ली मावि डिकुवा द्वितीय र मालिकादेवी मावि तृतीय भएका छन् । नगर प्रथम, द्वितीय र तृतीय हुने माध्यमिक तहका विद्यालयले क्रमशः रु ५० हजार, रु ३० हजार र रु १५ हजार प्राप्त गरेका छन् ।

पुरस्कृत विद्यार्थी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, नगरप्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । नगरपालिकाले सोमबार दुर्छिमस्थित होलेसुङ रिसोर्टमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा, नगर प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार वितरण र हलेसी मन्दिर व्यवस्थापन समितिलाई पञ्चेबाजा हस्तान्तरण कार्यक्रम एकैसाथ आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह