२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नेः गृहमन्त्री लेखक

३० बैशाख २०८२, मंगलवार १४:५६

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताउनुभएको छ ।

कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको स्पष्ट गर्नुभयो ।

उहाँले प्रचलित कानुनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताउनुभयो ।

लोकतन्त्रमा सबै व्यक्तिको मानवअधिकार सुनिश्चित हुने प्रसङ्ग उल्लेख गर्दै उहाँले कैदीबन्दीको तुलनामा कारागार भवन कम भएको र आवश्यक पूर्वाधारसमेत नभएको भन्ने गुनासो सम्बोधन गर्ने पक्षमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा वर्तमान सरकार गठन भएको १० महिनाको अवधिमा केही कानुनी तथा नीतिगत व्यवस्था सुधारसहित आवश्यक वातावरण तयार गरेपछि वस्तु आयातमा कमी र निर्यात वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, निजी क्षेत्र उत्साहित भएको र मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको बताउनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नवनिर्मित कारागार भवनबाट कैदीबन्दीलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गर्दै कैदीबन्दीको श्रमको सदुपयोगसहित मानवअधिकारको पक्षमा सरकार रहेको स्पष्ट गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कारागारमा देखिने समस्या सम्बोधन गरी कैदीबन्दीलाई उचित व्यवहार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, कोशी प्रदेशसभा सदस्य भीम पराजुली, सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख प्रदीपकुमार सिंह, केन्द्रीय कारागार विभागका महानिर्देशक नारायण भट्टराईले कैदीबन्दीको रोजगारी र मानवअधिकारका पक्षमा धारणा व्यक्त गर्नुभएको थियो ।

विराटनगरको हाटखोलास्थित पुरानो जिल्ला कारागार भवन परिसरमा नवनिर्मित कारागार भवन निर्माणका लागि कुल रु ३६ करोड १२ लाख ८५ हजार खर्च भएको भवन विभागले जनाएको छ ।

विसं २०७८ साल असार २४ गते शिलान्यास भएको सो भवन निर्माण प्रक्रियाअन्तर्गत पुरुष सुधारगृह, महिला सुधारगृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, जिल्ला कारागार प्रशासन भवन, जिल्ला कारागार प्रमुख आवास भवन, सुरक्षा पर्खाल, सुरक्षा पोष्ट, सीमा सुरक्षा जाँच कक्षसहित, सडक सञ्जाल, नाला, आकस्मिक पानी भण्डारण पोखरी तथा अन्य बगैँचाजस्ता संरचना तयार भएको भवन निर्माण विभागका वरिष्ठ प्रविधिक प्रदीप खनालले जानकारी दिनुभयो । सो कारागार भवनमा २१८ पुरुष र ९९ महिला कैदीबन्दी राख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य