2026-10-02 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

काठमाडौँ | कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणमा संवेदनशील रहेको बताउनुभएको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय इटहरी सुनसरीद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित ट्राफिक सप्ताह–२०८२ को शुभारम्भ गर्दै उहाँले सरकार आवश्यक नीति निर्माण गरी ट्राफिक प्रहरीलाई साधन सम्पन्न बनाउँदै दुर्घटना न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक कार्यालयले आगामी साउन १ गतेदेखि सवारी दुर्घटना न्यूनीकरण गरेका कामलाई सार्वजनिक गर्न निर्देशन दिनुभयो । उहाँले सार्वजनिक सवारीका धनीले सवारी चालकले सवारी सञ्चालनका क्रममा देखाउने व्यवहार, हाउभाउ सम्बन्धमा सचेत भई निगरानी गरेमा दुर्घटना कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सवारी दुर्घटना, लागुपदार्थ दुर्व्यसन र आत्महत्या मुख्य चुनौतीका रुपमा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख गोविन्द अधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले सवारी दुर्घटनाले जनधनको क्षति वृद्धि भइरहेकाले यसको न्यूनीकरण गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत प्रदेशका १४ जिल्लामा दुर्घटना न्यूनीकरणको सचेतनालगायत विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्मा पाँच हजार १०० सवारी दुर्घटनामा ३८१ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता