३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

३० बैशाख २०८२, मंगलवार १२:४२

काठमाडौँ | यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ ।

स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको हो । गत मङ्गलबार २५६९आँै बुद्धजयन्तीका अवसरमा विद्यालयमा औपचारिक कार्यक्रम गरी पठनपाठन सुरु गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपिमा तयार पारेको किताब विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक चुडामणि भट्टराईले बताउनुभयो ।

बालकक्षाका विद्यार्थीलाई छुट्टै र सम्भोट लिपिको छुट्टै किताब कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई वितरण गरिएको हो । यस वर्ष कक्षा ५ सम्मका सबै विद्यार्थीलाई एउटै किताब अध्यापन गराइने र आगामी वर्षदेखि क्रमशः कक्षाअनुसार फरकफरक किताब अध्यापन गराउने योजना रहेको विद्यालयका शिक्षक दोर्ची शेर्पाले बताउनुभयो । किताबमा बुद्धको नैतिक शिक्षा, भाषा, आयुर्वेद, ज्योतिषशास्त्र, काव्य, समग्र मुक्ति र मोक्ष आदि विषयहरु समेटिएका छन् । पञ्चशील, ध्वजापतका, वेद र बुद्धसँग सम्बन्धित विषयमा पोख्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले सम्भोट लिपिमा कक्षा सञ्चालन गर्न लागिएको नेपाल बौद्ध महासङ्घ काठमाडौँका सल्लाहकार आचार्य नुर्बु शेर्पाले जानकारी दिनुभयो । “यो भाषामा ज्ञान भएका मान्छे कम छन्, अबको १० देखि १५ वर्षमा उत्पादन हुने शिक्षित जनशक्तिले विश्वका जुनसुकै विश्वविद्यालयहरुमा सहज रूपमा काम पाउने छन्”, उहाँले भन्नुभयो ।

यसअघि नै जिल्लाको खिजीदेम्बा गाउँपालिकामा शेर्पा भाषामा पठनपाठन सञ्चालन भइसकेको छ । सिद्धिचरण नगरपालिकामा शेर्पा भाषामा पठनपाठन सुरु गर्ने संयुक्त आधारभूत विद्यालय पहिलो विद्यालय हो । यस विद्यालयमा बालकक्षादेखि ५ सम्म अध्ययनरत ४८ विद्यार्थी शतप्रतिशत शेर्पा समुदायका छन् । नगरक्षेत्रका हरेक जातजातिका भाषा संस्कृतिलाई सहयोग गर्दै आएको सिद्धिचरण नगरप्रमुख तेजेन्द्र खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने उच्चस्तरीय छानबिन समिति गठन गर्न माग फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक ‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’ बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता तीन प्रहरीसहित पाँच जना पक्राउ, मोबाइल व्यवसायीसँग ५ लाख असुलेको आरोप इरान सङ्कटमा ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि