2026-10-02 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

काठमाडौँ | यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ ।

स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको हो । गत मङ्गलबार २५६९आँै बुद्धजयन्तीका अवसरमा विद्यालयमा औपचारिक कार्यक्रम गरी पठनपाठन सुरु गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपिमा तयार पारेको किताब विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक चुडामणि भट्टराईले बताउनुभयो ।

बालकक्षाका विद्यार्थीलाई छुट्टै र सम्भोट लिपिको छुट्टै किताब कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई वितरण गरिएको हो । यस वर्ष कक्षा ५ सम्मका सबै विद्यार्थीलाई एउटै किताब अध्यापन गराइने र आगामी वर्षदेखि क्रमशः कक्षाअनुसार फरकफरक किताब अध्यापन गराउने योजना रहेको विद्यालयका शिक्षक दोर्ची शेर्पाले बताउनुभयो । किताबमा बुद्धको नैतिक शिक्षा, भाषा, आयुर्वेद, ज्योतिषशास्त्र, काव्य, समग्र मुक्ति र मोक्ष आदि विषयहरु समेटिएका छन् । पञ्चशील, ध्वजापतका, वेद र बुद्धसँग सम्बन्धित विषयमा पोख्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले सम्भोट लिपिमा कक्षा सञ्चालन गर्न लागिएको नेपाल बौद्ध महासङ्घ काठमाडौँका सल्लाहकार आचार्य नुर्बु शेर्पाले जानकारी दिनुभयो । “यो भाषामा ज्ञान भएका मान्छे कम छन्, अबको १० देखि १५ वर्षमा उत्पादन हुने शिक्षित जनशक्तिले विश्वका जुनसुकै विश्वविद्यालयहरुमा सहज रूपमा काम पाउने छन्”, उहाँले भन्नुभयो ।

यसअघि नै जिल्लाको खिजीदेम्बा गाउँपालिकामा शेर्पा भाषामा पठनपाठन सञ्चालन भइसकेको छ । सिद्धिचरण नगरपालिकामा शेर्पा भाषामा पठनपाठन सुरु गर्ने संयुक्त आधारभूत विद्यालय पहिलो विद्यालय हो । यस विद्यालयमा बालकक्षादेखि ५ सम्म अध्ययनरत ४८ विद्यार्थी शतप्रतिशत शेर्पा समुदायका छन् । नगरक्षेत्रका हरेक जातजातिका भाषा संस्कृतिलाई सहयोग गर्दै आएको सिद्धिचरण नगरप्रमुख तेजेन्द्र खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता