2026-10-02 10:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाथीभरा क्षेत्र विकास समिति सम्मानित

काठमाडौँ | धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ ।

परिषद्ले पाँचथरको फिदिममा आज आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम’ मा समितिलाई सम्मान प्रदान गरेको हो । समितिले लामो समयदेखि धार्मिक पर्यटनको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष रक्की थेबे (लिम्बु) ले सम्मानपत्र ग्रहण गर्नुभयो ।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, नेपाल ज्योतिष परिषद् केन्द्रीय महासचिव विश्वप्रकाश लामिछाने, परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला र जिल्ला अध्यक्ष रमेशचन्द्र न्यौपानेले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । ज्योतिष पेसामा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका नेपाल ज्योतिष परिषद् पाँचथरका सल्लाहकार एवं समितिका संयोजक गङ्गाराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भट्टराईलाई समेत सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष थेबेले परिषद्को सम्मानले धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा थप ऊर्जा र प्रेरणा प्राप्त भएको बताउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको पाथीभरा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा निरन्तर लागिरहने बताउँदै आज समितिलाई सम्मान गर्नुहुनेप्रति धन्यवाद यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता