2026-10-07 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’

काठमाडौँ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुवान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजना अन्तरगत बस्ती भन्दा पर जङ्गल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो ।

“प्रत्येक वर्ष वर्षायाममा ठूलो पानी पर्नासाथ भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुवान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाईनै तटबन्धन गर्न सफल भएका छाँै”, वडाध्यक्ष थारुले भन्नुभयो,“अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हटेको छ ।”

उहाँका अनुसार, लुम्बिनी प्रदेश सरकारको रु ५५ लाख बजेटमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनमा रहेको चुरे पहाडलाई कटान गरी भत्ता खोलालाई वनक्षेत्रबाटै गरी बसन्ता खोलामा मिलाइएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले ठेक्कामार्फत तटबन्धन गरिरहेको छ । अव तटबन्धनमा तारजाली र ढुङ्गा विछ्याउने काम मात्रै बाँकी रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका प्रमुख आशिष विकले जानकारी दिनुभयो ।

करिब १८ मिटर अग्लो पहाडलाई कटान गरेर एक सय ८० मिटर लामो तटबन्धन गरिएको छ । विगत चार वर्षदेखि बजेट विनियोजन हुँदै आए पनि विभिन्न कारणले काम हुन नसकेकोमा यस वर्ष बाँके राष्ट्रिय निकुञ्जलगायत सरोकारवाला निकायसँगको समन्वय र सहमतिमा काम सम्पन्न गर्न सकिएको उहाँले जानकारी दिनुभयो ।

यो तटबन्धनपछि अव वर्षायाममा भत्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्ती भन्दा बाहिर बसन्ता खोला भएर बग्ने छ । तटबन्धनले राप्ती सोनारी–९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ,ढकेरी र पम्पबजार डुवान तथा कटानको समस्या समाधान भएको ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले बताउनुभयो ।

उहाँले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गर्दै भत्ताखोला डाइभर्सनलाई अव नियमित मर्मत तथा सम्भारमा पनि चासो देखाउनुपर्ने बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भत्ताखोलाले दिँदै आएको दुःखबाट अव जनताले छुटकारा पाएको बताउनुभयो । उहाँले राप्ती सोनारी गाउँपालिकामा भत्ता खोला जस्तै दर्जनौँ खहरेखोलाले गाउँबस्ती डुवानमापर्ने समस्या समाधान गर्न आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो