२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

हावाहुरी र वर्षाका कारण तहसनहस ‘तानसेन महोत्सव’

२८ चैत्र २०८१, बिहीबार १७:०५

पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव बुधबार रातिको हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ। कार्यक्रम चलिरहेका बेला अचानक परेको भीषण असिना वर्षा र तेज हावाहुरीले महोत्सव स्थलमा अफरातफरीको अवस्था सृजना भएको थियो।

असिनासहितको वर्षाले हजारौं दर्शक, बालबालिका, वृद्धवृद्धा र सर्वसाधारण भागदौड गर्न बाध्य भएका थिए। सांस्कृतिक कार्यक्रमहरू तत्काल स्थगित गर्दै अर्को दिन सञ्चालन गर्ने तयारी आयोजकले गरेका थिए। तर राति १ बजेदेखि चलेको भीषण हावाहुरीले महोत्सवस्थलमा रहेका स्टेज, स्टल, प्रवेशद्वार र बार लगायत संरचना भत्काइदिएको छ।

प्रत्यक्षदर्शी व्यापारीहरूका अनुसार हावाले स्टलमा राखिएका सामग्रीहरू समेत उडाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले हावाहुरी र वर्षाका कारण महोत्सवमा करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ। महोत्सवको पुनः सञ्चालनको विषय अहिले अनिश्चित बनेको छ। आयोजक तानसेन नगरपालिकाका अनुसार महोत्सवस्थलमा नयाँ संरचना पुनः निर्माण नगरी कार्यक्रम अघि बढाउन सम्भव छैन। त्यसका लागि तत्काल बैठक बसेर पुनर्निर्णय लिने तयारी भइरहेको जनाइएको छ।

दोस्रो तानसेन महोत्सव यही चैत २२ गतेदेखि सुरु भई वैशाख ३ गतेसम्म चल्ने तय गरिएको थियो। मौसमको प्रतिकूलताले महोत्सवलाई गम्भीर प्रभावित बनाएकाले अबको कार्यतालिका फेरबदल हुन सक्ने संकेत आयोजकले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो