५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भैरहवामा शान्ति र सद्भाव र्‍याली

२७ भाद्र २०८२, शुक्रबार १३:१२

काठमाडौँ | देशमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यका साथ भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न भएको छ ।

लुम्बिनी प्रेस क्लबको संयोजन र विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको ¥यालीमार्फत देशमा भइरहेको ‘जेनजी’ आन्दोलनपछि शान्ति कायम गर्न आह्वान गरिएको छ ।

बेलहियास्थित नेपाल–भारत सिमानाबाट सुरु भएको र्‍याली बुद्धचोकमा पुगेर समापन भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले शान्तिको महत्व र सद्भाव कायम राख्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

कार्यक्रममा ‘जेनजी’ पुस्ताका सागर ज्ञवालीले देश नयाँ पुस्ता र व्यवस्थामा गइसकेकाले आन्दोलन र तोडफोडको स्थानमा नयाँ नेपाल बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले हाल बजार चलायमान बनाउन शान्ति अपरिहार्य रहेकाले शान्तीपूर्वक बजार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवापुस्ताले गरेको आन्दोलनपछि अब सम्हालिएर अगाडि बढ्नुपर्ने बताउनुभ ।

यस्तो अवस्थामा युवाको जायज मागलाई पूरा गर्दै देशमा शान्ति सद्भाव कायम होस् भन्ने उद्देश्यले र्‍यालीको आयोजना गरिएको बताउनुभयो । देशैभरि सद्भाव कायम गर्न सन्देश दिने उद्देश्य रहेको र ‘जेनजी’ पुस्ताले नै यसको अगुवाइ गरेको बताउनुभयो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमला रायमाझीले देशको विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेको र सबै मिलेर सद्भावको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

र्‍यालीमा लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्श, सिद्धार्थ सञ्जाल, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थ होटल सङ्घ, भैरहवा मर्निङवाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालीलगायत संस्थाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता