2026-07-02 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु

काठमाडौँ | मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु भएको छ। शुक्रबार जनकपुरधामस्थित मिथिला यात्री निवासमा चार सुरक्षा निकायको बैठक सुरु भएको हो।

गृहमन्त्री रमेश लेखकको आतिथ्यमा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयले आयोजना गरेको बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मलकुमार थापा, मध्य पूर्वी पृतना हेडक्वार्टरका पृतनापती कृष्णबहादुर जिसी, एनडिआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, ८ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको छ।

उद्घाटन सत्रमा गृहमन्त्री लेखकले अपराध नियन्त्रण गर्न सुरक्षा निकाय अधिकारीलाई निर्देशन दिएका छन्। सबै प्रदेशमा भइरहेको सुरक्षा बैठक सार्थक हुनुपर्ने उनले बताए। ‘छलफल मात्रै गरेर हुन्न उपयोगिता पनि देखिनुपर्छ,’ उनले भने, ‘अपराध नियन्त्रण गर्न सुरक्षा निकायले थप मेहेनत गर्नु पर्ने देखिन्छ।’ मधेशमा ड्रग्सको नियन्त्रण, सडक दुर्घटना, आत्महत्या, साइबर क्राइम मुख्य समस्याको रूपमा देखिएको उनले बताए। ‘चोरी निकासी पनि धेरै मात्रामा भइरहेको छ। राजस्व घटिरहेको छ,’ उनले भने,’ यसको नियन्त्रण गर्न पनि मेहेनत गर्न लग्नुहोला।’

मधेश प्रदेशको मुख्यमन्त्री सतीशकुमार सिंहले उद्दघाटन सत्रमा आफ्नो धारणा राख्दै प्रहरी समायोजन अगाडि बढाउन आग्रह गरे। ‘प्रहरीबिना काम गर्न अति नै कठिनाइ भएको छ,’ उनले भने, ‘हामीले अस्पताल अनुगमनको सुरुवातमा प्रहरीको साथ पाएर अवैध रूपमा संचालित अस्पतालहरू बन्द गराएका थियौँ। तर प्रदेश सरकारको प्रहरी नहुँदा अहिले पुनः ती अस्पतालहरू सुचारु भएको छ।’

‘सुरक्षा निकायहरूको बस्ने आवासको अवस्था पनि बिजोग रहेको छ। त्यस्ता प्रहरी चौकी निर्माणमा संघीय सरकारले ध्यान दिएको छैन,’ उनले थपे, ‘मधेश प्रदेश सरकारको स्रोतसाधनले सम्भव छैन।’ भारतबाट आयात भइरहेको विषादी सामग्रीहरू रोक्न प्रहरीलाई ध्यानाकर्षण गराए। कुखुरा, अण्डा र माछामा आत्मनिर्भर भए पनि भारतबाट विषादीसहितको सामान प्रहरीकै मिलोमतोमा आउने गरेको उनले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध