2026-10-07 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

2025-06-21

काठमाडौँ | मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट सुरू गर्ने भएको छ । मधेस प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री यादवले लहानको उत्तरी भेगमा रहेको धार्मिक र पर्यटकीय महत्वको काब्रे महादेव क्षेत्रलाई कोशी प्रदेशको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माणको योजना अघि बढाउने स्पष्ट पार्नुभयो । “अन्तरप्रदेशीय आवागमन सहज बनाएर व्यापार–व्यवसायलाई प्रवद्र्धनका साथै पर्यटनको विकास गर्ने मुख्य उद्देश्य हो”, मन्त्री यादवले भन्नुभयो ।

मन्त्री यादवका अनुसार सडक पूर्वाधारले मधेस प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । “धार्मिक पर्यटनसँगै स्थानीय उत्पादन बजारसम्म पु¥याउन मार्ग सहयोगी हुनेछ”, उहाँले थप्नुभयो ।

त्यस्तै, लहान नगरपालिकाले प्रस्तुत गरेको आव २०८३/८३ को बजेटको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा ल्याइएका योजनालाई सफल बनाउन प्रदेश सरकारले साथ दिने आश्वासन दिनुभयो ।

त्यसैगरी, लहानको खुट्टी नहर पुनःसञ्चालनका लागि मधेस प्रदेश सरकारले बजेट समावेश नगरेको भन्दै आलेचनाकाबीच मन्त्री यादवले रकमान्तर गरेर भए पनि आवश्यक रकम व्यवस्थापन गरिने बताउनुभयो । “किसानको मागलाई बेवास्ता गरिन्न”, उहाँले भन्नुभयो ।

जिल्लाको सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो