३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

मधेसमा ८६ लाख वृक्षरोपण गरिने

१६ असार २०८२, सोमबार १३:४३
काठमाडौँ । मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनास रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ ।,
प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडकपेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिनुभयो । “चालु आर्थिक वर्षमा ५० किमी सडकपेटी तथा २७८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण हुनेछ,”  घिमिरे भन्नुभयो ।
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी सङ्घीय सरकारको ससर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ । ती बिरुवाहरू सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिने उहाँको भनाइ छ ।
उत्पादन भएका बिरुवामध्ये करिब आठ प्रतिशत बिरुवा सरकारी वनक्षेत्र तथा डिभिजन वन कार्यालयको मातहत रहने क्षेत्रमा रोपिने छ भने बाँकी ८० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने छ । यसमार्फत हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने सरकारको दिगो लक्ष्य छ ।
यस अभियानले वनजङ्गलको संरक्षण, चुरेक्षेत्रको संरक्षण हुने, नदी तथा भूमि कटान रोकथाम हुने र पर्यावरण सुरक्षा तथा सुधारमा सकारात्मक योगदान पुग्ने प्रदेश सरकारको  विश्वास छ ।
डिभिजन वन कार्यालय धनुषा जनकपुरधामका वन अधिकृत अनिल साहका अनुसार धनुषा जिल्लाअन्तर्गत जनकपुर–ढल्केवर सडक खण्डको दुवै क्षेत्रको पेटीमा चार हजार ४०० बिरुवा रोप्न सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ