१० असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेस प्रदेशको विकास अब वामे सरे जस्तो होइन, रकेटजस्तो तीव्र गतिमा अगाडी बढाउनुपर्ने :प्रधानमन्त्री ओली

१९ जेष्ठ २०८२, आईतवार १७:०३

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको विकास अब वामे सरे जस्तो होइन, रकेटजस्तो तीव्र गतिमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

जनकपुरधाममा मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले आयोजना गरेको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास समारोहमा बोल्दै उनले मधेसको समृद्धिका लागि सबै तहका सरकार र जनप्रतिनिधिहरू एकजुट भएर सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई नेपालको एक उर्वर भूमि भन्दै यहाँको समग्र सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताए । उनका अनुसार कोशी नदीको पानी सदुपयोग गर्न सकिएमा सम्पूर्ण मधेस सिञ्चित बन्नेछ, जसले कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।

यसै सन्दर्भमा उनले सुनकोशी–मरिन डाइभर्सन परियोजनालाई सरकारले प्राथमिकतामा राखेर अगाडी बढाएको जानकारी दिए । तर ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण काम समयमा सम्पन्न नभएको भन्दै उनले चेतावनी दिँदै भने ‘यदि यस्तै रह्यो भने सरकार ठेक्का तोड्ने दिशामा जान बाध्य हुनेछ ।’ उनले ढिलासुस्तीलाई वर्तमान समयमा सबैभन्दा ठूलो चुनौतीको रूपमा व्याख्या गरे । उनका अनुसार आजको दिनमा भ्रष्टाचार जत्तिकै गम्भीर समस्या ढिलासुस्ती पनि हो, र सरकार अब त्यसविरुद्ध कडा कदम चाल्नेछ ।

विकासका कार्यहरूमा देखिएको सुस्तता सह्य नहुने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो ।
मिथिलाको ऐतिहासिक र सांस्कृतिक महत्वसमेत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो क्षेत्र एक समय चिन्तन र ज्ञानको केन्द्र रहेको बताए ‘जहाँ अक्षर नभएको बेला पनि चिन्तन हुन्थ्यो, तर आज यो क्षेत्र विकासमा पछाडि पर्नु दुःखद हो,’ उनले भने, ‘अब पछाडि पर्ने समय सकिएको छ ।

मधेसले अब तीव्र गतिमा विकासको यात्रा तय गर्नुपर्छ ।’कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरू, प्रदेश सरकारका प्रतिनिधिहरूसमक्ष प्रधानमन्त्रीले सुशासन र विकासलाई एकैसाथ अगाडी बढाउनु आजको आवश्यकता रहेको बताए । उनले सबैलाई एकसाथ काम गर्न आह्वान गर्दै मधेसको समृद्धिको बाटो अब रोक्न नसकिने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान–इजरायल युद्ध : पछिल्लो घटनाक्रम एमाले सचिवालय बैठक बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध ९ वटा कार्यादेशसहित भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी भिजिट भिसा प्रकरणबारे सरकारले बनाएको छानबिन समितिमाथि रास्वपाको सदनमै धारणा राख्ने तयारी सुनको मूल्य घट्यो पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता कानुन बाहिर गएर दलीय प्रभाव पर्ने गरी न्यायाधीश नियुक्त भएको छैनः मन्त्री चौरसिया सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल