२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गहवामाईको रथयात्रा सम्पन्न

२०८२, १३ असार शुक्रबार १४:०२

काठमाडौँ | ऐतिहासिक, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको प्रतीकको रुपमा रहेको वीरगञ्जको गहवामाईको रथयात्रा सम्पन्न भएको छ। गहवामाई मन्दिर पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा गरिएको हो। विगतका बर्ष झैं यस बर्ष पनि रथ यात्रालाई निरन्तरता दिइएको आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथयात्रा धार्मिक समन्वय समितिले जनाएको छ।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार रथयात्रा मन्दिरबाट निस्केर घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक हुँदै वीरगंजको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो।

रथ यात्रासँगै छपन्न भोग, भजन-कीर्तन, महाप्रसाद र भव्य भन्डारा कार्यक्रम हुने उनले बताए। शुक्रबार ७ बजे बेलुकी ५६ भोग प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ भने शनिवार बिहान ६ बजेदेखि महाप्रसाद वितरण र साँझ ४ बजेदेखि भन्डाराको कार्यक्रम रहेको उनले जानकारी दिए। रथयात्रा भने निर्धारित समयभन्दा केही ढिलोगरी निस्केको भएपनि बाक्लो सुरक्षा व्यवस्थाका कारण अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ। रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिको दाबी छ।

भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा सहित नेपालको बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनिय सहभागिता रहेको समितिले जनाएको छ। रथ यात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा आज सार्वजनिक बिदा घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल