2026-10-05 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

काठमाडौँ | यहाँको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका लागि मधेस प्रदेश सरकारले दुईवटा सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ । सो मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले जानकारी दिनुभयो ।

आज यहाँ आयोजित ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसिलिटी क्लिनिक प्रालि’को उद्घाटन गर्दै मन्त्री सिंहले भन्नुभयो, “लामो समयदेखि यहाँका जनताको माग पुरा गर्न हामीले दुईवटा सिटी स्क्यान उपकरण खरिद प्रक्रिया अघि बढाइसकेका छौँ । अब सिटी स्क्यान गर्न विराटनगर वा जनकपुर जानुपर्ने बाध्यता हट्नेछ ।”

मन्त्री सिंहका अनुसार उक्त उपकरण खरिदका लागि रु १९ करोडको लागतमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ । त्यसैगरी उहाँले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु ६५ करोड विनियोजन गरेको उल्लेख गर्दै निजी क्षेत्रबाट प्रदान हुने गुणस्तरीय सेवा र दक्ष चिकित्सकहरूको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सरकारी शुल्कसरह लिएर पनि उत्कृष्ट सेवा दिनसक्ने निजी संस्थाहरूसँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा क्लिनिकका संरक्षक कनैयाप्रसाद गुप्ताले सरकारी अस्पतालकै दरमा दन्त तथा मुख स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाउँदै, क्लिनिकमा दक्ष चिकित्सक, आधुनिक उपकरण र सहज सेवा प्रवाह प्रणालीको सुनिश्चितता रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड