2026-06-29 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने

काठमाडौँ | परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने लगानी तथा विकास सम्मेलनले प्रदेशको विकासमा टेवा पु¥याउने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले लगानी तथा विकास सम्मेलनमा केन्द्र सरकारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरिरहनुभएका मन्त्रीको पनि सहयोगी भूमिका रहेको बताउनुभयो । सुदूरपश्चिम लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालमा लगानी गर्न धेरैको चासो छ । लगानी गर्न इच्छुकहरुका लागि सरकारले केही नियम कानुन सुधार गर्नुपर्ने भएकाले हामी लगानीमैत्री वातावरण निर्माणमा लागेका छौँ ।”

हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका युवक विपिन जोशीको रिहाइ बारेको जिज्ञासामा उहाँले मन्त्रालयका तर्फबाट धेरै पहल गरिएको, हमाससँग इरानका परराष्ट्रमन्त्रीले कुरा गरिदिएको, इजिप्टसँग नेपालका प्रधानमन्त्रीले कुरा गर्नुभएको तर उहाँको अवस्था थाहा नभएको मात्र जवाफ प्राप्त भएकाले उहाँ सकुशल हुनुहुन्छ भन्ने आशा गरिएको बताउनुभयो ।

प्रदेश सरकारको पहलमा आगामी असोज १ र २ गते गर्न लागिएको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा आज धनगढी आउनु भएको हो । पूर्व तयारी सम्मेलन आजदेखि सुरु भएको छ । प्रदेशको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, आर्थिक विकासको सम्भावना उजागर गरी रुपान्तरणकारी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले सो सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमार्फत उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडीबुटी, ऊर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रहरुमा लगानी प्रवर्द्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी