९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको रामारोशनमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध

३२ जेष्ठ २०८२, शनिबार १४:०१

काठमाडौँ | अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ सैनि रसुबे स्थित शान्तडा–रामारोशन भित्री कच्ची सडक खण्डमा आज बिहान सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

स्थानीयवासीको अनुसार बिहान करिब ४ः१५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा करिब २५ मिटर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सवारी आवागमनमा अवरोध उत्पन्न भएपछि स्थानीयले बिहान ८:०० बजे अस्थायी प्रहरी चौकी चौतारामा टेलिफोनमार्फत जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी चौताराबाट प्रहरी सहायक निरीक्षक चन्द्र सिंह पालीको कमान्डमा तीन जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

हाल अवरोध हटाउने कार्य स्थानीय तहसँग समन्वय गर्दै अघि बढाइएको र सडक यथाशक्य चाँडो सुचारु गरिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता