१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

१३ असार २०८२, शुक्रबार १३:५५
काठमाडौँ । कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ ।
समूहले आफ्नो वार्षिक कार्यक्रमअनुसार जीविकोपार्जनमा सघाउ पु¥याइ रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो ।
समूहका अध्यक्ष रामबहादुर कामीका अनुसार वन ऐन, २०७६ को प्रावधानबमोजिम यो कार्यक्रम आयोजना गरिएको हो । ऐनले सामुदायिक वनको आम्दानीको निश्चित हिस्सा वन संरक्षणबाहेक विपन्नमुखी तथा सामूहिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअन्तर्गत तालिम दिइएको उहाँले बताउनुभयो ।
गत वैशाख १३ गते सुरु भई जेठ २६ गते सम्पन्न भएको उक्त ४५ दिने तालिम मनकामना ड्राइभिङ सेन्टर मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो । तालिममा सहभागीलाई आज एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक विकासमा खेलेको भूमिका प्रेरणादायी रहेको बताउनुभयो । उहाँले यस्ता सकारात्मक कामको प्रचार गरी अन्य समूहलाई पनि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं ७ का अध्यक्ष आशाराम चौधरीले यस्ता सीपमूलक तालिमले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने बताउँदै आवश्यक सहयोगका लागि वडा र पालिकाबाट समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिमको प्रभावकारिता पनि उच्च देखिएको मनकामना ड्राइभिङ सेन्टरका व्यवस्थापक तथा प्रशिक्षक नैनबहादुर विष्टले बताउनुभयो । दुई सय २५ घण्टाको तालिम अवधिमा सहभागीले जिप/कार चलाउने सीपका साथै सैद्धान्तिक ज्ञान, ट्रायल अभ्यास र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तयारी गरेका थिए ।
तालिमपछि १८ जनाले लाइसेन्सको लिखित परीक्षा दिएकामा १७ जना उतीर्ण भएका थिए । तीमध्ये पाँच जनाले प्रयोगात्मक परीक्षा (ट्रायल) समेत पास गरी लाइसेन्स प्राप्त गरिसकेका छन् भने बाँकी पनि लाइसेन्स लिने प्रक्रियामा छन् । सामुदायिक वनले ड्राइभिङका अतिरिक्त पलम्बिङ, सिलाइ कटाइ र ब्युटिसियनजस्ता अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली