2026-06-21 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी वा घुम्नको लागि सिंगापुर जाँदै हुनुहुन्छ अनिवार्य यो पढ्नुस

सास | रोजगारीको लागि वा घुम्नको लागि सिंगापुर जाँदै हुनुहुन्छ यो सामग्री तपाईलाई निकै सहयोगी बन्न सक्छ । किनकी कुनै घटना घट्नु भन्दा त्यस अघि साबधानी अपनाउनु राम्रो हुन्छ । सिंगापुरमा क्राइम रेट निकै कम छ, तर ध्यान दिनुस् सिंगापुर त्यसै सुरक्षित छैन यहाँको कानुन निकै कडा छ, साधारण र सामान्य ब्यबहारको कारण पनि तपाईलाई प्रहरीले जेलमा हाल्न सक्छ । आज हामी तपाइँलाई यस्तै ८ कामको बारेमा जानकारी गराउन गईरहेका छौं जुन सामान्य कुरा भएपनि सिंगापुर भने ब्याण्ड छ । 

१. घरभित्र पनि नग्न हुन पाईदैन 


सिंगापुरमा तपाई आफै एक्लै घरभित्र नाङ्गो अवस्थामा घुम्न पाउनुहुन्न । यसको मतलब यहाको सरकारले तपाइँको घर भित्रको अवस्थालाई पनि नियालीरहेको हुन सक्छ । यदी तपाइँ घरमा न्यूड अवस्थामा देखिनु भयो र उक्त अवस्थामा पक्राउ पर्नुभयो भने सरकारले पोर्नोग्राफीको मुद्धा लगाउबं सक्छ । साथै २ लाख भन्दा बढी फाइन लगाउन सक्छ । 

२. अरुको वाई-फाई प्रयोग नगर्नुस् 

नेपालमा अरुको वाइफाईको पासवर्ड पत्ता लगाएर चलाउन सकिन्छ तर यहाँ यदी तपाइँले अरुको वाईफाई चोरेर चलाउनु भएको छ भने पक्राउमा पर्न सक्नु हुन्छ । यसै कारण पनि तपैलाई ३ बर्षको जेल हाल्न सक्छ ।

३. ट्वाइलेट फ्लश गर्न नभुल्नुस 

सिंगापुरमा ट्वाइलेट प्रयोग गरिसकेपछी फ्लश नगर्नु पनि अप्राद मानिन्छ । यो नियम सार्वजनिक ट्वाइलेटमा लागु गरिएको छ । यसको लागि तपाइले १० हजारसम्मको फाइन लाग्छ ।  

४. सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध 

नेपालमा पनि यो नियम छ तर ब्यबाहारमा लागु भएको छैन तर सिंगापुरमा सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिएमा सिधै जेल जानुपर्ने नियम छ साथै फाइन पनि तिर्नुपर्ने हुन्छ । 

५. चुइंगम बेच्न वा खान पाइंदैन  

सिंगापुरमा च्युइंगम बेच्न र खान निषेध छ । २००४ देखि सिंगापुरमा यो बिषय कानूनी रुपमा बन्देज छ । यदी तपाइँ चुइंगम खाँदै गरेको भेटिनुभयो वा तपाइको साथमा चुइंगम भेटियो भने पक्राउ पर्न सक्नुहुन्छ । यसको सजाय २ बर्ष जेल वा ५० हजारसम्म तिर्नुपर्ने हुन्छ । 

६. समलिंगी यौनसम्बन्ध ब्याण्ड छ  

सिंगापुरमा एकै लिंगका पुरुष-पुरुष वा महिला-महिला बीचको यौन कार्य ब्याण्ड छ । यदी यसो गरेको भेटिएमा २ बर्षको जेल सजाय हुन्छ ।

७. गीत गुनगुनाउन पनि ब्याण्ड 

सिंगापुरमा सार्वजनिक स्थानमा गीत गाउन पनि ब्याण्ड छ । यसो गरिएमा ३ महिना जेल हुन्छ । 

८. कतैपनि थुक्न तथा फोहोर फाल्न मनाही  

सिंगापुरमा सार्वजनिक स्थानमा कतैपनि थुक्न वा कुनै फोहोर फाल्न पाउनुहुन्न यदी त्यसो गरेमा कानुनी रुपमा यसलाई ठुलो मुद्दा मानिन्छ । सार्वजनिक स्थानमा थुक्नु वा फोहोर गर्दा १ लाख भन्दा बढी फाइन तिर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ