माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव जीवनमै नौलो प्रयोग: तीन जनाले जन्माए एक बच्चा !

२०७३, ५ माघ बुधबार ०७:२०

माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म भएको छ । 

युक्रेनमा तीन जनाबाट एक बच्चाको जन्म भएको छ । तीनजनाको आईवीएफ (इन विट्रो फर्टिलाइजेशन)बाट एक बच्चाको जन्म भएको हो । जुन दम्पत्तिबाट बच्चाको जन्म भएको छ, उनीहरु बच्चा जन्माउन असमर्थ थिए । द टाइम्सको रिपोर्टका अनुसार युक्रेनको राजधानी किभमा डाक्टरहरुले जुन प्रक्रिया प्रयोग गरे, यसलाई ‘प्रोनुक्लियर ट्रान्सफर’ भनिन्छ ।

आईवीएफ प्रजनन महिलाको शरीरको बाहिर सम्पन्न हुन्छ । यसलाई महिलाको डिम्बलाई सर्जरीबाट बाहिर निकालिन्छ र प्रयोगशालामा स्पर्मको माध्यमबाट प्रजनन गरिनेछ । युक्रेनमा यो बच्चाको जन्म ५ जनवरीमा भएको हो ।

यसलाई विश्वको दोस्रो ‘मोर्डन थ्री प्यारेन्ट्स बेबी’ भनिएको छ । यो वर्ष मेक्सिकोमा यसभन्दा केही फरक तरिकाले तीनजनाबाट एक बच्चाको जन्म भएको थियो ।

समाचारहरुमा जनाइअनुसार महिला गम्भीर आणुवांशिक समस्याबाट पीडित थिए । उनी मिटोकोन्ड्रियाबाट पीडित थिइन् । यस्तोमा डाक्टरले उनलाई सहयोग गर्न तीन जनाको आईवीएफ विकसित गरे, जसमा एक स्वस्थ बच्चाको जन्म हुन सकोस् । अस्वस्थ मिटोकोन्डि्रया भएकी आमाको डिम्बसँग एक स्वस्थ मिटोकोन्ड्रिया डोनरको डिम्बलाई एकत्रित गरिएको छ ।

यसको परिणाम, तीन जनाको डीएनएबाट एक बच्चाको जन्म भयो, जसमा उसकी आमा, बुबा र थोरै योगदान डोनरको रहृयो । किभको नाडिया क्लिनिकले यस विधिको प्रयोग गरेर एक निसन्तान दम्पतीलाई सन्तान दिलाउन सफल भएको छ ।

विशेषज्ञहरुले यसलाई एक उच्चस्तरीय प्रयोग भनेका छन् । यो प्रक्रियाको अगुवाइ गरेका बलेरी जुकिनले भनेका छन् कि परम्परागत आईवीएफबाट गर्भाधारण गर्न नसकेका दम्पतीहरुका लागि यो खुसीको खबर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी