माघ ११, एजेन्सी | सामूहिक बलात्कार गरेर उक्त भिडियो फेसबुक मार्फत लाइभ दिएको आरोपमा स्वीडेनमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई आइतबार पक्राउ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, एजेन्सी | सामूहिक बलात्कार गरेर उक्त भिडियो फेसबुक मार्फत लाइभ दिएको आरोपमा स्वीडेनमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई आइतबार पक्राउ ग"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा सामूहिक बलात्कारको लाइभ भिडियो, तीन जना पक्राउ

२०७३, ११ माघ मंगलवार ०३:२९

माघ ११, एजेन्सी | सामूहिक बलात्कार गरेर उक्त भिडियो फेसबुक मार्फत लाइभ दिएको आरोपमा स्वीडेनमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । एक महिलाले प्रहरीलाई फोन मार्फत फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो लाइभ देखाएको बताएकि थिइन । ति महिलाका अनुसार भिडियोको अन्तिममा एक व्यक्तिले ‘तिम्रो बलात्कार भयो’ भनेको सुनिने र त्यसपछि त्यो व्यक्ति हाँस्छ । अरु धेरै व्यक्तिले पनि त्यो भिडियो हेरेको प्रहरीले पुष्टि गरेको छ ।

बलात्कारको लाइभ भिडियो देखाइएको फेसबुक ग्रुपमा हजार भन्दा धेरै सदस्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले १९ देखि २५ वर्ष उमेरका तीन पुरुष र एक महिलालाई एउटै अपार्टमेन्टबाट पक्राउ गरेको छ । २१ वर्षकी जोसेफिन लुण्डग्रेनले भिडियोबारे प्रहरीलाई जानकारी गराएकी हुन् ।

बलात्कार गर्ने एक युवकसँग बन्दुक पनि रहेको लुण्डग्रेनले स्वीडेनको एक पत्रिकालाई बताएकी छन् । लाइभ भिडियो झण्डै ६० जनाले हेरेको उनको भनाई छ । फेसबुकले सन् २०१५ देखि लाइभ स्ट्रिमिङ्ग सेवा सुरु गरेको हो । त्यसयता यस्ता धेरै घटना भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन