एकदमै टाइट ट्राउजर लगाएको आरोपमा एउटा स्कुलले ७५ जना छात्राहरुलाई घर फर्काएको छ । छात्राहरुले कसिलो ट्राउजर लगाउँदा छात्रहरु रोमाञ्चित भएको र पढाईमा ध्यान केन्दि्रत गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एकदमै टाइट ट्राउजर लगाएको आरोपमा एउटा स्कुलले ७५ जना छात्राहरुलाई घर फर्काएको छ । छात्राहरुले कसिलो ट्राउजर लगाउँदा छात्रहरु रोमाञ्चित भएको र पढाईमा ध्यान केन्दि्रत गर्"/>
2026-09-03 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसिलो ट्राउजर लगाउने ७५ छात्रालाई स्कुलबाट फर्काइयो

एकदमै टाइट ट्राउजर लगाएको आरोपमा एउटा स्कुलले ७५ जना छात्राहरुलाई घर फर्काएको छ । छात्राहरुले कसिलो ट्राउजर लगाउँदा छात्रहरु रोमाञ्चित भएको र पढाईमा ध्यान केन्दि्रत गर्न नसकेको विद्यालयको दावी छ ।

बेलायतको वेस्ट मिडल्यान्ड्सस्थित सोलीहुलमा रहेको सिमथ वुड स्पोर्ट्स कलेजका छात्राहरुलाई विद्यालयको गाइडलाइन तोड्ने गरी पोशाक लगाएको आरोपमा घर फर्काइएको हो । उनीहरुलाई खुकुलो ट्राउजर लगाएर मात्र विद्यालय आउन भनिएको थियो ।

विद्यालयबाट लज्जित बनाइएका आफ्ना छोरीहरु रुँदै घर आएको अभिभावकहरुले बताएका छन् । उनीहरुले विद्यालयको यस्तो कदमको कडा आलोचना गरेका छन् ।

घर फर्काइएकी छात्रा किली हड्सनकी आमा हेइलीले आफ्नी छोरीले ४ वर्षदेखि उस्तै ट्राउजर लगाइरहेको बताइन् । उनले भनिन्, ‘म आफैं छोरीलाई टाइट ट्राउजर लगाउन रोक्छु, किनकी यो स्कुल हो फेसन परेड होइन ।’

अर्की आक्रोशित आमा जोडी प्याटिन्सले भनिन्, ‘मेरी छोरीले लगाएको ट्राउजर लेगिन्ज होइन, न त यो सस्तो खालको नै हो । मैले १६ पाउन्डका दरले तीन जोडी किनेकी थिएँ ।’ छात्रहरुलाई भने जस्तोसुकै पोशाक लगाएर आउन अनुमति दिइएको उनले बताइन् ।

विद्यालयका पि्रन्सिपल काटी क्रेगले अभिभावकहरुलाई पूर्वसुचना दिएर नै यस्तो कदम चालेको बताए । क्रेगका अनुसार स्कुलले आफ्नो वेवसाइटमा छात्राहरुले जेगिन्ज, लेगिन्ज र कसिला ट्राउजर लगाउन नपाउने उल्लेख गरेको छ । यस विषयमा अभिभावकहरुलाई टेक्स्ट म्यासेज पनि पठाएको उनले बताए ।

विद्यालयको वेवसाइटमा छात्राहरुले घुँडासम्म आउने स्कर्ट वा खुकुलो खालको ट्राउजर लगाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही