१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि..

२ कार्तिक २०८१, शुक्रबार १५:३६

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा पेट दुख्ने र पाचन समस्या लिएर पुगेका एक बिरामीको सानो आन्द्रामा ३ सेन्टिमिटर लामो साङ्लो भेटिएपछि डाक्टरहरू चकित भएका छन् ।

एक २३ वर्षीय पुरुष भर्खरै फोर्टिस अस्पताल वासल कुञ्जमा आएका थिए, उनी करिब तीन दिनदेखि पेटको समस्याको गुनासो गर्न आएका थिए। उनले पेटमा कडा दुखाइ र खाना पचाउन समस्या भएको गुनासो गरे । जसका कारण उनको पेट बारम्बार फुल्ने समस्या थियो।

ती व्यक्तिले केही दिन अघि राति बजारमा स्ट्रिट फुड खाएका थिए । त्यसैले उनको स्वास्थ्यमा समस्या भएको आशङ्का गरिएको थियो।

डाक्टरहरूले उनको समस्या पत्ता लगाउन माथिल्लो ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई) इन्डोस्कोपी गर्ने निर्णय गरे । यो प्रक्रिया जसले ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्टको माथिल्लो भागको जाँच गर्दछ । तर डाक्टरहरूले सोचेका पनि थिएनन्, उनीहरूले ती युवकको सानो आन्द्रामा जीवित साङ्लो फेला पार्छन् भनेर ।

‘विगत दुई–तीन दिनदेखि बिरामीलाई खाना खाएपछि अपच हुने र पेट फुल्ने समस्या थियो । नियमित निरीक्षणको क्रममा हामीले संयोगवश साङ्लो देख्यौँ, “डा. शुभम् वात्स्याले इन्डियन एक्सप्रेस अखबारलाई भने, ‘हामी पनि छक्क पर्‍यौँ कि साङ्लो कसरी जीवित रहन सफल भयो।”
बिरामीको शरीरमा साङ्लो पत्ता लगाएपछि, डाक्टरहरूको टोलीले दुई वटा च्यानलहरू सहितको एन्डोस्कोप प्रयोग गरेर यसलाई हटाउने निर्णय गरे – एउटा हावा र पानी इन्फ्युजनको लागि र अर्को हावा सक्शनको लागि।

“हामीले स्कोपमा सक्शन बटन सक्रिय गर्‍यौँ, प्रभावकारी रूपमा साङ्लोलाई सक्शन च्यानलमा तान्यौँ । यसरी हामीले युवककोको ज्यान बचाउन सफल भयौँ,” डा वात्स्याले भने, ‘यसलाई सकेसम्म चाँडो हटाउन असफल भएको भए सङ्क्रामक रोगहरूसहित गम्भीर जटिलताहरू निम्त्याउन सक्थ्यो ।’
ती युवकको आन्द्रामा ३ सेन्टिमिटरको साङ्लो कसरी पस्यो भन्ने बारे चाहिँ यकिन हुन सकेको छैन । तर डाक्टरहरूले उनी सुतेको बेला वा रातको बजारमा केही खाँदा संयोगवश निलेको अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट