एजेन्सी | बेलायतमा एकजना शिक्षकले आफ्ना ६० जना किशोर–किशोरी विद्यार्थीहरुलाई आत्महत्या पत्र अर्थात् सुसाइड नोट लेख्ने होमवर्क दिएका छन् ।

शेक्सपियरको एक नाटकक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | बेलायतमा एकजना शिक्षकले आफ्ना ६० जना किशोर–किशोरी विद्यार्थीहरुलाई आत्महत्या पत्र अर्थात् सुसाइड नोट लेख्ने होमवर्क दिएका छन् ।

शेक्सपियरको एक नाटकक"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीहरुलाई सुसाइड नोट लेख्ने होमवर्क

२०७४, १२ असार सोमबार ०५:२२

एजेन्सी | बेलायतमा एकजना शिक्षकले आफ्ना ६० जना किशोर–किशोरी विद्यार्थीहरुलाई आत्महत्या पत्र अर्थात् सुसाइड नोट लेख्ने होमवर्क दिएका छन् ।

शेक्सपियरको एक नाटकको पाठको गृहकार्यका रुपमा शिक्षकले आफ्ना विद्यार्थीलाई सुसाइड नोट लेख्ने गृहकार्य दिएपछि तहल्का मच्चियो र उक्त घटनामा विद्यालयले माफी नै माग्नुपर्यो ।

लण्डनको थोमस टालिस स्कुलका विद्यार्थीहरुलाई आफ्ना प्रियजनका लागि जीवनको अन्तिम पत्र लेख्न लगाइयो । तर, आफ्ना छोराछोरीहरुलाई सुसाइड नोट लेख्न दिइएको विषयमा अभिभावकहरुले आपत्ति जनाए र त्यस्तो गृहकार्यले आफ्ना सन्तानहरुमा मानसिक असर परेको बताए ।

एकजना अभिभावकका अनुसार उनकी छोरीलाई स्कुलमा सुसाइड नोट लेख्न लगाइयो जबकि ती छोरीका तीनजना साथीहरुले साँच्चीकै आत्महत्या गरेका थिए ।

आत्महत्याबाट तीनजना साथी गुमाएकी आफ्नी छोरीलाई स्कुलमा सुसाइड नोट लेख्न लगाउँदा छोरी निकै मर्माहत बनेको र आफूलाई निकै असहज भएको भनेर शिक्षकलाई नै बताएको उनको भनाई छ ।

त्यस्तै अन्य अभिभावकले सुसाइड नोटको होमवर्क लेख्न दिने स्कुलको कदमलाई निर्विवेकी तथा संवेदनाहीन भनेका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह