पढ्न करिब 1 मिनेट लाग्छ

अष्ट्रेलियाकी एक महिला अहिले चर्चामा छिन् । ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो आफ्नो द सेक्रेट ट्याबु नामको किताबमा गरिएको खुलासाका कारण चर्चामा आएकी हुन् ।

पेशाले यौनकर्मी रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौनपेशामा रहँदा पछिल्लो १५ वर्षमा आफुले हासिल गरेका अनुभवलाई सँगालेकी छिन् ।

उनले यस किताबमा एक सफल यौनकर्मी बन्ने टिप्सहरु पनि प्रस्तुत गरेकी छिन् । किताबमा उनले आफुले अहिलेसम्म १० हजार मानिससँग सेक्स गरेको खुलासा गरेकी छिन् ।

आफुमाथि सामुहिक बलात्कार भएसँगै उनले यौन पेशा अँगाल्ने निर्णय गरेकी थिइन् । आफ्नो पहिलो किताबमा उनले आफ्नो जिवनका उतारचढावका बारेमा उल्लेख गरेकी छिन् ।

उनले यौनपेशा छाडेर व्यवसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौनपेशामा लागेको खुलासा गरेकी छिन् ।

ग्वाइनेथले अहिले चाहीँ यौनपेशा छाडिसकेकी छिन् । केवल जवान महिलाहरु मात्र यो पेशामा टिक्नसक्ने उनको अनुभव छ । अहिले उनी परिवारसँग छिन् र व्यवसाय पनि गर्छिन्।

- एजेन्सी