पढ्न करिब 1 मिनेट लाग्छ

मानिसले गोली हानेर कुकुर मारेको समाचार बेलाबेलामा सुन्न पाइन्छ । तर, कुकुरले गोली हानेर मान्छे मारेको कतै सुन्नुभएको छ ? सुन्नुभएको छैन भने अब सुन्नुस् । रुसमा कुकुरले हानेको गोली लागेर सेर्गी तेरेखोभ नाम गरेका एकजना शिकारीको मत्यु भएको छ।

५३ वर्षीय सेर्गी पेशेवर शिकारी हुन् । गत साता उनी आफ्ना दुइटा कुकुरसहित रुसको सारातोभ क्षेत्रमा शिकार खेल्न भनेर गएका थिए। शिकार गर्न गएका उनी अन्ततः आफैं शिकार भए । त्यो पनि आफैँले लगेको कुकुरबाट ।

सेर्गील शिकार गर्न भनेर एउटा राइफल लगेका थिए। शिकारमाथि प्रहार गर्न भनेर राइफलमा गोली लोड गरेर ठिक्क पारिएको थियो। त्यस्तैमा एउटा कुकुर उनीसँग चल्न खोज्यो र यसक्रममा उसले एउटा खुट्टाले पत्तै नपाइकन राइफलको ट्रिगर दबाइदियो।

ट्रिगर दबेपछि गोली छुट्यो र सेर्गीको कम्मरमा लाग्यो । उनी ठाउँको ठाउँ ढले । घाइते उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । त्यहाँ उनको मृत्यु भयो । एजेन्सी