2026-09-03 05:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब पुरुषको शरीरमा भेटियो महिलाको गर्भाशय !

माघ २४, काठमाडौँ । २५ वर्षीया मान्यता (नाम परिवर्तन) को होसहवास उठ्यो जब उनका पति मुकेशको शरीरमा महिलाको अंग भेटियो । 

मुकेशको शरीरमा पुरुष अंगका साथै गर्भाशय (युट्रस) र अण्डाशय (ओभरी) र गर्भाशय ट्यूबको पनि विकास भएको रहेछ । महिला अंग विकसित भएको भए पनि उनको स्वास्थ्यमा त्यसको असर भने देखिएको थिएन ।

जबसम्म मुकेशको अपरेशन गरेर महिला अंग निकालिएन, तबसम्म मान्यताले पतिको शरीरमा महिला अंग रहेको विश्वास गर्न सकेकी थिइनन् । उनलाई यो नराम्रो सपना हो जस्तो मात्र लागेको थियो ।

‘मुकेश सानैदेखि हर्नियाका बिरामी थियो, उसले अत्यधिक दुख्छ भन्थ्यो’, उनले भनिन्, ‘मुकेश सधैँ पीडामाहुन्थ्यो, कुनै काम पनि गर्न सक्दैन थियो ।’

मुकेशले पीडा सहन नसकेपछि मान्यताले अपरेशन गर्ने निर्णय गरेर झारखण्डकै धनवादको पाटलिपुत्रा मेडिकल कलेज एण्ड हस्पिटल (पीएमसएच) मा लिइएर गइन् ।

जब चिकित्सकले हर्नियाको अपरेशन गर्न लाग्दा अचम्ममा परे तब उनको शरीरमा शंकास्पद अंग देखिए । त्यसपछि मुकेशको अल्ट्रासाउण्ड परीक्षण गरे । अल्ट्रासाउण्ड गर्दा मुकेशको शरीरमा महिलाको अंग फेला पर्‍यो

‘पाँच वर्ष पहिले विवाह गरेको नवजवान पुरुष मेरो पतिको शरीरमा महिलको अंग भएको डाक्टरले बताउँदा मलाई ठूलो झड्का लग्यो’, उनले भनिन्, ‘उसको शरीरमा महिलाको पनि अंग छ भन्ने कुरा मैले त विश्वास नै गर्न सकिन ।’

मायन्ताले अगाडि भनिन्, ‘यो कुरा थाहा पाएपछि म जोड जोडले रुन थालेँ, मेरा पतिको पुरुषार्थमा यसले कुनै असर नपार्ने भनेर डाक्टरले सम्झाए पनि मलाई विश्वास लागेन, मेरो जिन्दगी बर्वाद भयो भन्ने लाग्यो ।’ मन्याताले पतिलाई थाहै नदिई चिकित्सकको सल्लाहमा महिला अंग निकालेर फालिएको बताइन् ।

‘भगवानमै भरोसा गर्यौँ, हामीले मुकेशलाई मनोवैज्ञानिक असर पर्छ भनेर यो कुरा बताएनौ’, उनले भनिन्, ‘मेरो जीवनका लागि पति जिन्दगी महत्वपूर्ण छ ।’ उलने चिकित्सकले समेत यसले हाम्रो दाम्पत्य जीवनमा कुनै असर नगर्ने सुझाव दिएको बताइन् ।

मुकेशको शरीरमा महिलाको अंग देखेर अपरेशन गर्ने चिकित्सक डा. आर. ह्याब्रम पनि चकित भए । ६ हजार भन्दा बढी अपरेशन गरिसकेका सर्जन डा. ह्याब्रमका लागि यो पहिलो घटना थियो । ‘मुकेशको सर्जरी सफल भयो, उनको शरीरमा रहेको महिला प्रजनन अंग मैले निकालेँ’, उनले भने, ‘अब उनी स्वथ्य छन्, उनको जीवनमा पनि यो अपरेशनले कुनै असर पर्दैन ।’

पीएमसीएचका सर्जरी विभाग प्रमुख डा. अशोक वर्णवालले हजारौँ पुरुष वा महिलामध्ये एकजनामा यस किसिमको अंग विकास हुने बताए । ‘यो असमान्य कुरा होइन, यस्तो कुनै पनि पुरुष वा महिलामा हुन सक्छ’, उनले भने, ‘जसको शरीरमा महिला वा पुरुषको अंग विकसित हुनसक्छ, यसलाई प्रकृतिको मजाक पनि भन्न सकिन्छ ।’

डा. वर्णवालले अझै अगाडि भने,‘चिकित्सा विज्ञानमा सेकेन्डरी सेक्सुअल क्यारेक्टर पहिला पनि आएको थियो, त्यस्तोमा अनावश्यक अंग निकालिदिनुपर्छ, मुकेशको केसमा पनि यही भएको हो ।’

उनले पत्नीको सहमतिमै महिला अंग निकालिदिएको बताउँदै भने, ‘अब मुकेशको शरीरमा पुरुष हार्मोन बनिरहेको छ, उसले सामान्य पुरुष जस्तै जिन्दगी जिउन सक्छ ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही