2026-06-24 05:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० मिनेटको लागि गर्लफ्रेन्ड…, त्यो पनि जम्मा १५ रुपयाँमा !

हामी सबैको जीवनमा केहि बन्ने लक्ष्य हुन्छ । कोहि डाक्टर बन्ने लक्ष्य राख्छन् त कोहि पाइलट त कोहि शिक्षक तर के तपाइँले कसैको गर्लफ्रेन्ड वा कसैको ब्याईफ्रेन्ड बन्ने लक्ष्य राख्छौं ? पक्कै पनि तपाईलाई यो प्रश्न अचम्म लाग्यो होला । किनकी चीनमा एउटा सपिंग कम्प्लेक्सले गर्लफ्रेन्डको जागिर दिएको छ । यसको मतलव जागिर खानेको कामनै कसैको गर्लफ्रेन्ड बन्नु पर्ने हुन्छ । 

भनिन्छ नि संसारमा सबै थोक किनेर पाइन्छ तर बाबु-आमा पाइन्न । हुन पनि हो अब हुँदा हुँदा गर्लफ्रेन्ड पनि किनेर नै पाइने भए पछी के को चिन्ता ? तपाइँ जति सुकै नराम्रो हुनुस् वा तपाइँसँग गर्लफ्रेन्ड नै छैन, एक्लै झ्याउ लागेको छ भने अब तपाइको लागि राम्री-राम्री शुन्दरी तपाइको अघि-पछी हुन्छन् । 


माथिका कुराहरुले तपाइले केहि कुरा बुझ्नुनै भयो होला अब भाडामा पनि गर्लफ्रेन्ड पाइन्छ । एउटा यस्तो जागिर जो तपाइँलाई थाहा छैन, तर प्रचलनमा छ । जुन ट्रेन्ड हाम्रै छिमेकी मुलुक चीनमा प्रचलनमा आएको हो । जहाँ भाडामा गर्लफ्रेन्ड लिएर सँगै हिड्न तथा नियामानुसार ति गर्लफ्रेन्डको प्रयोग गर्न पाइन्छ । 

रिपोर्टको अनुसार चीनको शहर हुआनमा एक शपिङ सेन्टरले १५ जना युवतीलाई भाडामा उपलब्ध गराएको छ । विटालिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य गेटमा ति युवतीहरु पाइन्छन् । जसमध्य तपाइँलाई जुन राम्री लाग्छ, उसैलाई छान्न पाउनुहुन्छ, जसको लागि मात्र १५ रुपयाँ (नेपाली पैसामा रुपान्तर गर्दा) मात्र तिर्नु पर्ने हुन्छ । २० मिनेटको लागि तपाइँले गर्लफ्रेन्ड पाउनुहुन्छ र यदी २० मिनेट काटेमा मिनेट अनुसार पैसा तिरे पुग्छ ।

युवती भाडामा लिएपछि तपाइँले उनको साथ शपिङ, लन्च वा डिनर लिन सक्नु हुन्छ ।  यदी तपाइँ सपिंग गर्न जाँदै हुनुहुन्छ र एक्लो हुनुहुन्छ भन्ने तपाइले उनै गर्लफ्रेन्डलाई लिएर जान सक्नुहुन्छ, जसले तपाइँले आग्रह गर्नुभएमा तपाइले किन्नु भएको सामान बोक्ने, तपाइँसँग गर्लफ्रेन्डले झैं व्यवहार गर्ने, सँगै हिड्ने तथा सपिङ मलमा खाजा/खाना/कफी खाने, तपाइँसँग फोटो खिच्ने लागायतको सेवा गर्नेछिन् ।

यस शपिङ सेन्टरले जनाए अनुसार यो पछिल्लो समयको सबैभन्दा ठूलो शपिङ ट्रेन्ड बन्नेछ । तर एउटा सर्त तपाइँको लागि खिन्न बनाउने खालको के छ भने तपाइँले भाडामा लिएर जानु भएको उक्त युवतीलाई तपाइले छुन भने पाउनुहुने छैन । … गज्जब छैन त चाइनिजहरुको व्यापार पोलिसी ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित