Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मनकामना केवलकारमा यात्रा गर्ने डेढ करोडमध्ये एक- जसले झुन्डिएर यात्रा गरे…

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

सास | यो तश्विर जसले देखेपनि अचम्मित हुन्छन् र सामाजिक संजालमा सेयर गरिदिन्छन् । यो तश्विर जहिले खिचिएको भएपनि गत बर्ष निकै भाइरल भएको तश्विर हो । विद्युतीय शक्तिबाट संचालित हुने मनकामना केवलकारमा झुन्डिरहेको अवस्थामा यि बृद्धको तश्विर खिचिएको थियो । तर यो तश्विर कसले खिचेको भन्ने बारे कुनै जानकारी छैन ।

केवलकार चढ्ने क्रममा भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामाझैं यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको थियो । जुन तश्विरलाई धेरै अनलाइनले भाइरल बनाईसकेका छन् ।

तश्विरलाई राम्ररी नियाल्दा यी व्यक्ति मनकामना दर्शन गरेपछि कुरिनटारतर्फ फर्कने क्रममा छन् । त्यतिबेलासम्म उनि केवलकारको ढोकामा झुण्डीरहेको देख्न सकिन्छ भने बृद्धले केवलकार छुटेको ठाउँतिर हेरिरहेको देख्न सकिन्छ ।

तस्बिर अनुसार केबलकारबाहिर झुन्डिइरहेका भक्तालु बृद्धको देब्रे खुट्टा केबलकार डब्बाको ढोकाले च्यापेको छ भने दाहिने खुट्टाले टेक्ने ठाउँ पाएको छैन । तस्बिरमा देखिएअनुसार भक्तालुले न्वारानदेखिको बल लगाएर ज्यान जोगाउन दुई हातले केबलकारको ढोकामाथि समातिरहेको देखिन्छ ।

हुनसक्छ कि उनि केवलकार भित्र पस्न खोज्दा-खोज्दै बिधुतिय ढोका बन्द भएको र उनि त्यतिकै अवस्थामा यात्रा गरेका थिए । तर यस बिषयलाई केवलकार कम्पनीले गौण राखेको छ ।

एक अनलाइन मिडियामा उल्लेख भए अनुसार यो २०६५ सालतिरको घटना हो । घटना जे भएपनि यो तश्विर  निकै अचम्म लाग्दो छ । अर्को कुरा यस्तो भएन होला भन्न पनि सकिन्न किनकी केवलकारमा कुनै ड्राइभर हुँदैन र त्यहाँ रहेका केवलकारका कर्मचारी बाहेकले चाहेर केवलकार रोकिने हुँदैन । अनुमान लगाउने आधार के छ भने हुन सक्छ त्यतिबेला केवलकारका कर्मचारीले ति वृद्ध कुन अवस्थामा यात्रा गर्दैछन् देखेनन् र त्यतिकैमा केवलकार छुट्यो ।

कतिपयलाई यो तश्विर फोटोशप गरिएको भन्ने पनि लाग्ला तर ध्यान दिएर सबै कुराको अध्ययन् गर्ने हो भने यो सत्यतामै आधारित तश्विर हो । किनकी माथिल्लो भागमा बृद्धले समातिरहेका छन् । ढोका पूर्ण रुपमा लागेको छैन भने उनको खुट्टाको अघिपट्टिको पुरा भाग केवलकारभित्र छ । अर्को कुरा बृद्धको तश्विरको क्वालिटी र केवलकारको फोटो क्वालीटि एकै किसिमको छ । सबै अवस्था र केवलकारको ढोका पूर्ण रुपमा नलाग्नु यो तश्विरको सत्यता झल्काउने आधार हुन् । मात्र जानकारी के भएन भने यो तश्विर लिए पछी कसैले देखेर यी वृद्धको उद्दार गरे कि, उनले यतिकै यात्रा गरे वा भित्रकाले जबर्जस्ति ढोका खोलेर भित्र राखे भन्ने बारे जानकारी अहिलेसम्म गौण छ ।

वि.स. २०५५ साल मंसिर ८ गते स्थापना भएको मनकामना केवलकार नेपालकै सवैभन्दा पहिलो केवल कार हो । चितवनको चेरेसवाट शुरु भई गोरखाको मनकामनासम्म सो केवल कार पुगेको छ । गोरखा मनकामना मन्दिरको दर्शनगरी मनोकांक्ष पुरा गर्न चाहनेहरुका लागि यो केवलकार निकै सहयोगी बन्दै आएको छ । यसको लम्बाई ३ दशमलव शुन्य १ किलोमिटर रहेको छ ।

मनकामना केवलकारमा वार्षिक १० लाख भन्दा बढी दर्शकहरुले यात्रा गर्ने र हालसम्म झन्डै डेढ करोड भन्दा बढीले केवलकारबाट यात्रा गरिसकेको अवस्थामा एकाद माथिका जस्ता घटना हुनु सामान्य होला ।

जे होस् माथिको तश्विर सबैलाई अचम्मको लाग्ने खालको छ । अझ केवलकार चढ्नेहरुलाई यस्तै परेर यसरीनै यात्रा गर्नुपरे कस्तो अनुभव होला ?

हुनत १ बर्ष अघिसम्म काठमाडौँमा माइक्रो बस चढ्नेहरु यो भन्दा बढी गाह्रो अवस्थामा झुन्डिएर यात्रा गर्थे । ट्राफिक सक्रियता पछी हाल यस्तो त्यति देख्न सकिन्न ।