2026-09-02 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आलु रोप्ने क्रममा खप्पर भेटियो, श्रीमती बोलिन् ‘डराउनु पर्दैन यो मेरो पहिलो श्रीमान हो !’

जेठ २५, एजेन्सी | साइबेरियामा एउटा यस्तो घटना घटेको छ, जसले जो कोहीलाई पनि एक पटक अचम्म बनाइदिन्छ । 

घटना साइबेरियास्थित लूजिनो क्षेत्रमा घटेको हो । एक जना व्यक्ति घरको करेशाबारीमा आलू लगाईरहेका थिए । तब खन्दै गर्दा अचानक माटोमा गाडिएको अवस्थामा मानिसको खप्पर बाहिर निस्कियो । आफ्नो बारीमा खन्दै गरेका ति व्यक्तिको होस-हवासनै उड्यो । आफ्नो श्रीमान डराएको देखेर पछाडीबाट ति व्यक्तिकि श्रीमतीले जवाफ दिइन्- ‘डर मान्नुपर्दैन यो मेरो पहिलो श्रीमानको खप्पर हो । जसलाई २० बर्ष पहिले मैले मारेको थिएँ ।’ 

आफ्नो श्रीमतीको प्रतिक्रिया सुनेर ति व्यक्ति झनै डराए । ति व्यक्ति आफुले भेटेको खप्परदेखि  भन्दा आफ्नो श्रीमती देखेर अचम्मित र भयावित भए । श्रीमतीले ति व्यक्तिलाई भनिन् – ‘यो कुरा २० बर्ष पुरानो हो । मेरो पहिलो श्रीमान निकै रक्सि पिएर आएको थियो, तब रिसको झोकमा मैले उसलाई मारें ।’ यति भन्दै गर्दा पनि ति व्यक्ति झन्डै डराएपछी ६० बर्षकी ति महिलाले आफ्नो श्रीमानलाई शान्त पार्न खोज्दै भनिन् -‘अब सबै कुरा बिर्सनुस ।’

तर ति व्यक्ति सिधै प्रहरीकहाँ पुगेर आफ्नो श्रीमतीको बारेमा प्रहरीलाई सूचना दिए । तब प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरीको पक्राउ संगै ति ६० बर्षीय महिलाले प्रहरीलाई आफूले गरेको गल्ति स्वीकार गरेकी छन् । प्रहरीले खप्पर निस्केको स्थानमा खोतल्दा पुरै मानव कंकालको हड्डिहरु बरामद गरेको छ । 

प्रहरीले बताए अनुसार महिलाले ५२ सालका पहिलो श्रीमानलाई टुक्रा-टुक्रा पारेर गाडेकी थिइन् । त्यस पछी उनले लास गाडेको स्थान माथि आलू खेति गर्न थालेकी थिइन् । जब छिमेकीहरुले महिलासँग उनको श्रीमानबारे सोध्थे, तब उनले आफ्नो श्रीमान कामको शिलशिलामा कतै गएको बताउँदै आएकी थिइन् तर ति पहिलो श्रीमान फर्केर आएनन् । किनको त्यसको रहश्य अर्कै थियो । 

प्रहरीका अनुसार महिलाले गरेको अपराध निकै गम्भीर हो र उनलाई १० बर्षको जेल सजाय हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही