पढ्न करिब 2 मिनेट लाग्छ

दुबई | बरफको अभाव हुन नदिन खाडी मुलुक संयुक्त अरब ईमिरेट्स (UAE) ले एक नयाँ र अचम्मको प्रोजेक्टमा लगानी गर्दैछ । यसको लागि युएईले अन्टार्कटिकाबाट बरफको पहाडलाई तानेर यूएईको समुन्द्र किनारमा ल्याउनेछ । यस प्रोजेक्टको कुल ५ देखि ६ करोड अमेरिकी डलर यानेकि नेपाली करिव ६ सय करोडको लगानी लाग्ने आंकलन गरिएको छ ।

यो प्रोजेक्ट सन् 2019 मा सुरु हुनेछ, जसको लागि अस्ट्रेलियाको वा दक्षिण अफ्रीकाको केपटाउनको समुद्र तटबाट यो पाईलट प्रोजेक्ट शुरू हुने आशा गरिएको छ ।

यो काम जुन कम्पनीलाई सुम्पिएको छ, उसले यस प्रोजेक्टसँग जोडिएको सबै जानकारी दिनको लागि एक वेबसाइट समेत सुरु गरिएको छ । WAM का अनुसार यो प्रोजेक्टले यूएईलाई 'ग्लेशियर टूरिजम म्याप' मा स्थान दिनेछ । यो यस्तो पहिलो मरुभूमियुक्त मुलुक हुनेछ, जसको आफ्नै समुद्र किनारमा ग्लेशियर टूरिजमको अफर गर्न सक्छ ।

जिम्मा पाएको कम्पनीले अहिलेलाई यस्तो नयाँ टेक्निक बिकास गर्दैछ, जिसको कारण प्रोजेक्टको लागत कम होस् र बरफको पहाडलाई त्यति टाढादेखि तानेर ल्याउन सकियोस् । साथै उक्त बरफी पहाड नपग्लिओस् भन्नेमा पनि कम्पनी सचेत छ । बरफलाई पानिको बाटो (सामुन्द्रिक बाटो) हुँदै ल्याइनेछ । यस प्रोजेक्टको योजना वर्ष 2017 मै भएको बताइएको छ ।

ईमिरेट्सको समाचार एजेन्सी WAM को अनुसार, नेशनल एडभाइजर ब्यूरो लिमिटेडले यस प्रोजेक्टलाई प्रस्तुत गरेको थियो । यसै अनुसार वर्ष 2020 को सुरुवातसम्ममै अन्टार्कटिकाबाट बरफको पहाड लिएर त्यसलाई युएर्इको समुन्द्री किनारसम्म ल्याएर राखिनेछ ।