Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यस्तो बजार, जहाँ आफुलाई मनपरेको दुलही किन्न पाइन्छ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी।</b> सामान्यतया हामी बजारमा आफूलाई आवस्यक परेका वस्तुहरु किन्न जान्छौं । तर के तपाइँ सोच्न सक्नुहुन्छ कुनै बजारमा दुलही पनि बिक्री हुन्छन् ? बुल्गेरियामा यस्तो हुन्छ । यहाँको स्तारा जागोर नामको ठाउँमा हरेक वर्ष ४ पटक दुलहीको बजार लाग्छ ।<br></p><p>यहाँ आएर युवकहरुले मनपर्ने दुलही किनेर बिहे गर्न सक्छन् । यहाँ मेला यस्ता गरिब परिवारले लगाउँछन् जसको आर्थिक हैसियत निकै कमजोर हुन्छ र उनीहरुले छोरीको बिहेको खर्च उठाउन सक्दैनन् । बजारमा युवतीहरुलाई बेहुलीको पोसाकमा सजाएर लगिन्छ । बिक्रीमा लागि हरेक उमेरका युवती र महिलाहरु उपलब्ध हुन्छन् । दुलही किन्नको लागि युवकको साथमा उनको परिवार पनि पुग्छन् ।</p><p>युवकले पहिले मन परेकी बेहुली रोज्छन् त्यसपछि उनलाई दुलहीसँग कुरा गर्ने मौका दिइन्छ । युवती मन परेपछि उनलाई आफ्नो पत्नी स्वीकार गर्छन् र युवतीको परिवारलाई उनको मूल्य बराबरको रकम दिन्छन् । दुलही किन्ने यो चलन कैयौं वर्षदेखि चलिआएको छ । यो बजार यहाँको कलाइदझी समुदायले लगाउँछन् । यहाँ बेहुली किन्न भने यही समुदायका युवकले मात्र पाउँछन् ।</p>