2026-09-03 05:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रा लगाउन अस्वीकार गर्दा एक युवतीको जागिर चट !

एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी ब्रा लगाउनुलाई भयानक भन्छिन् तर वेट्रेसको काम गरिरहेकी उनलाई यही कारण जागिरबाट निकालियो ।

२५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम अनुसार उनले टेबलमा सर्भ गर्दा ब्रा वा सर्टभित्र समिज लगाउनुपर्दथ्यो ।

ओसोयोस गोल्फ क्लबका जनरल म्यानेजर डोउ रोबले उक्त नयाँ नियम उनकै लागि बनाएको जानकारी दिए । अन्य सदस्यको वक्रदृष्टिबाट उनलाई बचाउनका लागि यस्तो नियम बनाइएको रोबले क्रिस्टिनालाई जनाए । क्रिस्टिनाले सिबीसीलाई भनिन्, ‘गोल्फ क्लबमा रक्सी मिसिएपछि के हुन्छ ? त्यो मलाई राम्रोसँग थाहा छ ।’

पुरुषलाई पहिरनको मामलामा कुनै नियम लागु नहुने तर महिलालाई चाँहि किन यस्तो नियम भन्दै यसले आफ्नो मानव अधिकार उल्लंघन गरेको बताउँदै कानूनी कारवाही अगाडि बढाएको जानकारी दिइन् ।

‘यो नियम लिङ्गमा आधारित छ त्यसकारण मैले मानव अधिकारसँग जोडेर मुद्दा दर्ता गरेकी छु,’ उनले भनिन् । ‘मेरो निप्पल छ, त्यो त पुरुषको पनि छ । तर किन भेदभाव ?’ उनले भनिन् । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही