2026-09-03 05:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिङ्ग परिवतर्न गरि बिहे गरेका दुई युवती ५ वर्षपछि डिभोर्स माग्दै अदालत पुगे !

लिङ्ग परिवर्तन गरेर एकापसमा बिहे गरेका दुई युवती डिभोर्स माग्दै अदालत पुगेका छन् । यो घटना भारतको हरियाणा राज्यको हो । बिहीबार दुवै युवती जिल्ला महिला एवम् बाल संरक्षक अधिकारी कार्यालय पुगे । समाचार अनुसार पाँच वर्षअघि लिङ्ग परिवर्तन गरेर एक युवती पुरुष बनेकी थिइन् । पुरुष बनेकी उनले आफ्नै साथीसँग बिहे पनि गरिन् । 

बिहेपछि उनीहरुले अढाई सालको एक बालकलाई छोराका रुपमा अपनाए पनि । दुवै युवतीले निवेदन दिएपछि जिल्ला महिला एवम् बाल संरक्षक अधिकारीको टिमले दुवैलाई सुनुवाइका लागि बोलाएको छ । 

सोनीपत निवासी महिलाले जिल्ला महिला संरक्षण अधिकारी कार्यालयमा दिएको उजुरीमा पटियाला चौक क्षेत्र निवासी युवतीसँग आफ्नो बिहे भएको खुलाएकी छन् । 

पाँच वर्ष पहिले उनकी साथीले लिङ्ग परिवर्तन गराएपछि दुवैले बिहे पनि गरे । त्यसपछि दुवै पति-पत्नी बनेर बस्न थाले । तर महिलाबाट पुरुष बनेकी उनकी साथी कुनै काम गर्दिन थिइन् । आर्थिक अवस्था कम्जोर भएपछि घर चलउन संकट पर्‍यो । त्यहीकारण उनीहरुबीच झगडा पनि हुन थाल्यो । अहिले आएर दुवैजना एकअर्कासँग बस्न नसक्ने भन्दै डिभोर्सका लागि अधिकारीकहाँ पुगेका हुन् । 

५ वर्षअघि लिङ्ग परिवर्तन गराएर दुवै बिहे गरेका थिए । अहिले आएर युवतीले यो बिहेबाट अलग हुन डिभोर्सको माग गरेकी हुन् । निवेदन परेपछि दुवै पक्षलाई कार्यालयमा बोलाइएको छ। जहाँ अब दुवै पक्षबीच छलफल हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही