Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो अपिस, जहाँ सुतेको पनि तलब पाइन्छ !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कुनै पनि अफिसले कर्मचारीलाई काम गरेको समयको तलब दिन्छ । तर दुनियाँमा एउटा यस्तो कम्पनी पनि रहेछ जसले आफ्ना कर्मचारीलाई राम्रो तलब मात्र होइन मोजमस्ती गर्ने तथा मज्जाले सुत्ने समेत समय दिन्छ । र, यी सबै कार्यका लागि रकम भुक्तानी गर्दछ ।

हो, जापानको क्रेजी इंक नामक कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि समेत पैसा दिन्छ । कर्मचारीले सबै कर्मचारीलाई नम्बर दिन्छ । सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

कोही पनि कर्मचारीले यथेष्ट समय नसुतिकनै पर्याप्त सुतेको भनेर नढाँटुन् भन्नका लागि कम्पनीले एयरवेय नामक एप पनि तयार गरेको छ । जसले कर्मचारीको हरेक दिनको निद्राको मापन गर्दछ ।

जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय नछुट्टाउने कारणले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त कम्पनीले त्यस्तो नियम बनाएको हो, ता कि कर्मचारीहरु पर्याप्त मात्रामा सुत्न नपाएका कारण बिरामी नहोउन् ।

एजेन्सी