2026-09-03 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब नातिनीले आफ्नै हजुरबासँग प्रेम विवाह गरिन् !

अमेरिकाको फ्लोरिडामा एक २४ वर्षे युवतीले ६८ वर्षका वृद्धसँग बिहे गरिन् । कुनै गहिरो प्रेम बसेर वा बाध्यताले होइन उनले बिहे गरेको । ती वृद्ध निकै नै धनी रहेको थाहा पाएपछि उनले आफूभन्दा ३ गुणा जेठा वृद्धसँग बिहे गरेकी हुन् ।

मनग्गे सम्पत्ति भएको बुढासँग बिहे गरेपछि जीवनमा ऐश आराम गर्न पाइन्छ भन्ने लोभले ती युवतीले दुनियाँलाई तीनछक पार्नेगरी बिहे त गरिन् तर जब बिहेपछि जुन सत्यको पर्दा उघारियो त्यसले ती युवती सायद जीवनभर नपखालिने दाग बोक्न बाध्य भइन् ।

बिहेपछि वृद्ध लोग्नेको बारेमा जब उनलाई यथार्थ कुरा थाहा भयो, तब उनको विस्मातकाे सीमा रहेन । वास्तवमा जुन वृद्धसँग उनले पैसाको लोभमा परेर बिहे गरेकी थिइन् आखिरमा ती वृद्ध त उनकै हजुरबुवा पो रहेछन् ।

बिहेअघि ती वृद्धसँग उनको हल्का चिनापर्ची भएको थियो । दुवैजनाले राजीखुसीले बिहे गरे र मियामीस्थित गोल्डेन बिचमा रहेको वृद्धको घरमा रोमाञ्चक पलहरु बिताउन सुरु गरे । एकदिन जब ती बेहुलीले पतिको घरमा राखेको फोटो एल्बम हेरिरहेकी थिइन्, तब उनी झसँग भइन् । एल्बममा रहेको एउटा फोटोमा ती युवतीका बुवा पनि थिए । त्यसपछि आफ्ना बुवाको फोटो यहाँ कसरी आयो ? के तपाइँले वहाँलाई चिन्नुहुन्छ ? भनेर सोधिन् । ती वृद्ध पतिले जुन जवाफ दिए, त्यो अकल्पनीय थियो । वास्तवमा ती युवतीका पिता उनका लोग्नेकै छोरा रहेछन् । अर्थात् उनले आफ्ना साख्खै हजुरबुवासँग बिहे गरेकी रहेछिन् ।

आखिर हुने हुनामी भैसक्यो । उनीहरुले हजुरबुवा–नातिनीबीचको यस्तो पवित्र नातालाई धुमिल बनाइसके । अब प्रायश्चित गर्दै उनीहरु छुट्टिएलान् कि भन्ने अपेक्षा थियो । तर उनीहरु लोग्ने स्वास्नीकै सम्बन्धमा जीवन बिताउने निधो गरेका छन् ।

रोचक त के भने यी वृद्ध पनि केटी खेलाउने मामिलामा खुबै खेलाडी नै रहेछन् । उनको यो तेश्रो बिहे रहेछ । यी दुईको चिनजान डेटिङ वेबसाइटमार्फत भएको रहेछ । त्यसपछि उनीहरुबीच एक रेष्टुरेन्टमा भेटघाट भयो र सम्बन्ध अघि बढ्यो । ती वृद्ध ब्वायफ्रेण्ड निकै धनी रहेको थाहा पाएपछि युवतीले बिहेअघि नै आफ्नो शरीर सुम्पिसकेकी थिइन् ।

हुनत वृद्धसँग सम्बन्ध हुनु अगावै ती युवतीले अरु कुनै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरी गर्भवती भएकी रहेछिन् । अविवाहित छोरी गर्भवति भएको थाहा पाएपछि उनका बाबु आमाले उनलाई घरबाट निकालिदिएका रहेछन् । घरबाट निकालिएर जिवन चलाउनै गाह्रो परिरहेको बेलामा धनाढ्य वृद्धलाई प्रेमजालमा पारी उनले बिहे गर्न सफल भइन् । तर त्यसरी बिहे गरेको वृद्ध आफ्नै हजुरबा होला भन्ने कुरा चाहीँ उनले सायद कल्पना पनि गरेकी थिइनन् ।

समाचार अनुसार ती युवतीले आफ्ना हजुरबालाई जान्ने भएदेखि कहिल्यैपनि देखेकी रहेनछिन् । त्यसैले डेटिङ साइटमार्फत चिनजान भएर रेष्टुरेन्टमा भेटघाट गर्दा र सम्बन्ध अघि बढाएर बिहे गर्ने बेलासम्म पनि उनले आफ्नै हजुरबालाई चिन्न सकिनन् । हजुरबाले पनि आफ्नै नातिनीालई चिन्न नसक्दा पापको भागिदार हुनुपर्यो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही