१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी विधवा महिलाले आफ्नै ६ बर्षीय छोरी बेचिन्: यस्तो छ खतरनाक खुलासा

९ मंसिर २०७५, आईतवार १९:३१

एजेन्सीको सहयोगमा | पछिल्लो समय युद्धग्रस्त अफगानिस्तानमा कयौं परिवारले खान-पीउनको लागि आफ्नो बच्चा बेच्ने गरेका छन् । यो खतरनाक खुलासा अमेरिकी समाचार संस्था 'सीएनएन' ले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ । 

समाचार रिपोर्ट अनुसार अफगानिस्तानको हैरात प्रान्तको बाहिरी क्षेत्रमा राखिएको सरणार्थी क्याम्पमा एक विधवाले समाचार च्यानललाई बताईन् कि उनले भोकमरीको कारण परिवारलाई बचाउनको लागि आफ्नी छ बर्षकी छोरी धनी परिवारलाई  बेचेकी थिइन् । 


प्लास्टिक शीटबाट बनेको रिफ्यूजी क्याम्पमा सयौं परिवार नर्कपूर्ण जीवन बिताउन बाध्य छन् । यिनिहरुसँग न पैसा छ न खानानै ! कयौं परिवार आफ्नो बच्चालाई भोकबाट बचाउनको लागि धनी परिवारलाई बेच्ने र त्यहि बच्चा बेचेको पैसाले परिवारका अन्य परिवार पाल्न बाध्य भएका छन् । 


सोहि क्याम्पमा बस्दै आएकी विधवाले बताए अनुसार उनि संग बस्नको लागि आवास छैन । दक्षिणी अफगानिस्तानमा खडेरीको कारण उनीहरु गाउँबाट भागेर सरणार्थी क्याम्प आएका थिए । तर त्यहाँ पनि स्थिति सामान्य छैन । 

ति बिधुवा महिलाले बताए अनुसार उनका श्रीमानको मृत्यु अफगानिस्तानको युद्धमा भएको थियो । अब ति बिधुवा महिलासँग आम्दानीको कुनै स्रोत छैन । यसैले उनले आफ्नो छोरी तीन हजार डलरमा बेच्न बाध्य भइन् । तर उनले आफ्नो छोरी बेचेर पुरै पैसा भने पाएकी छैनन् ।

बिधुवा महिला ममरीनले बताइन कि उनकी छोरीलाई भने यो कुरा थाहा छैन । उनले भनिन् – 'तर हामीसँग यसको बिकल्पमा कुनै बाटो छैन ।' महिलाले रुँदै बताइन् कि उनले आफ्नो मुटुको टुक्रा आफैले अलग गर्दैछिन् ।

माथीको तश्वीरमा: बालिका खरिद गर्ने व्यक्ति निजामुद्दीन र उनका छोरा ।

अकीला (बालिका) लाई खरीद गर्ने निजामुद्दीनले ति बिधुवा महिला (बालिकाको आमा) सँग ति बालिकालाई आफ्नो १० बर्षीय छोराका लागि किनेको बताएका छन् । उनले बालिकालाई उनको परिवारको सहयोगको ;लागि किनको बताएका छन् । बालिका किन्ने व्यक्तिले बताए अनुसार उनले ती बालिकालाई ३ हजार डलरमा किनेको र आफू त्यत्रो पैसा एकै पटकमा तिर्न नसक्ने हुँदा तीन बर्षमा तिर्ने गरि किनेको बताएका छन् । 

जब रिपोर्टरले ति व्यक्तिलाइ सोधे कि अकीला (बालिका) अहिले बच्ची छन् । तब निजामुद्दीनले भने कि अफगानिस्तानमा यस कुराले कुनै असर गर्दैन । यहाँ यस्तै हुन्छ, यहाँ त प्रौढ व्यक्तिले पनि बच्चिसँग विवाह गर्छन् । 

तश्वीरमा: सरणार्थी क्याम्प । 

संयुक्त राष्ट्रसंघका अनुसार, करीब २० लाखभन्दा बढी मानिस पानीको अभावमा दिन कटाउन बाध्य छन् । त्यस्तै रोयटर्सका अनुसार, बिगत एक बर्षसम्म युद्धपछी पहिलो पटक अफगानिस्तानका कयौं प्रान्त यति भयानक रूपमा खानाको अभावबाट जुधिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल