2026-09-02 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी विधवा महिलाले आफ्नै ६ बर्षीय छोरी बेचिन्: यस्तो छ खतरनाक खुलासा

एजेन्सीको सहयोगमा | पछिल्लो समय युद्धग्रस्त अफगानिस्तानमा कयौं परिवारले खान-पीउनको लागि आफ्नो बच्चा बेच्ने गरेका छन् । यो खतरनाक खुलासा अमेरिकी समाचार संस्था ‘सीएनएन’ ले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ । 

समाचार रिपोर्ट अनुसार अफगानिस्तानको हैरात प्रान्तको बाहिरी क्षेत्रमा राखिएको सरणार्थी क्याम्पमा एक विधवाले समाचार च्यानललाई बताईन् कि उनले भोकमरीको कारण परिवारलाई बचाउनको लागि आफ्नी छ बर्षकी छोरी धनी परिवारलाई  बेचेकी थिइन् । 

प्लास्टिक शीटबाट बनेको रिफ्यूजी क्याम्पमा सयौं परिवार नर्कपूर्ण जीवन बिताउन बाध्य छन् । यिनिहरुसँग न पैसा छ न खानानै ! कयौं परिवार आफ्नो बच्चालाई भोकबाट बचाउनको लागि धनी परिवारलाई बेच्ने र त्यहि बच्चा बेचेको पैसाले परिवारका अन्य परिवार पाल्न बाध्य भएका छन् । 

सोहि क्याम्पमा बस्दै आएकी विधवाले बताए अनुसार उनि संग बस्नको लागि आवास छैन । दक्षिणी अफगानिस्तानमा खडेरीको कारण उनीहरु गाउँबाट भागेर सरणार्थी क्याम्प आएका थिए । तर त्यहाँ पनि स्थिति सामान्य छैन । 

ति बिधुवा महिलाले बताए अनुसार उनका श्रीमानको मृत्यु अफगानिस्तानको युद्धमा भएको थियो । अब ति बिधुवा महिलासँग आम्दानीको कुनै स्रोत छैन । यसैले उनले आफ्नो छोरी तीन हजार डलरमा बेच्न बाध्य भइन् । तर उनले आफ्नो छोरी बेचेर पुरै पैसा भने पाएकी छैनन् ।

बिधुवा महिला ममरीनले बताइन कि उनकी छोरीलाई भने यो कुरा थाहा छैन । उनले भनिन् – ‘तर हामीसँग यसको बिकल्पमा कुनै बाटो छैन ।’ महिलाले रुँदै बताइन् कि उनले आफ्नो मुटुको टुक्रा आफैले अलग गर्दैछिन् ।

माथीको तश्वीरमा: बालिका खरिद गर्ने व्यक्ति निजामुद्दीन र उनका छोरा ।

अकीला (बालिका) लाई खरीद गर्ने निजामुद्दीनले ति बिधुवा महिला (बालिकाको आमा) सँग ति बालिकालाई आफ्नो १० बर्षीय छोराका लागि किनेको बताएका छन् । उनले बालिकालाई उनको परिवारको सहयोगको ;लागि किनको बताएका छन् । बालिका किन्ने व्यक्तिले बताए अनुसार उनले ती बालिकालाई ३ हजार डलरमा किनेको र आफू त्यत्रो पैसा एकै पटकमा तिर्न नसक्ने हुँदा तीन बर्षमा तिर्ने गरि किनेको बताएका छन् । 

जब रिपोर्टरले ति व्यक्तिलाइ सोधे कि अकीला (बालिका) अहिले बच्ची छन् । तब निजामुद्दीनले भने कि अफगानिस्तानमा यस कुराले कुनै असर गर्दैन । यहाँ यस्तै हुन्छ, यहाँ त प्रौढ व्यक्तिले पनि बच्चिसँग विवाह गर्छन् । 

तश्वीरमा: सरणार्थी क्याम्प । 

संयुक्त राष्ट्रसंघका अनुसार, करीब २० लाखभन्दा बढी मानिस पानीको अभावमा दिन कटाउन बाध्य छन् । त्यस्तै रोयटर्सका अनुसार, बिगत एक बर्षसम्म युद्धपछी पहिलो पटक अफगानिस्तानका कयौं प्रान्त यति भयानक रूपमा खानाको अभावबाट जुधिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही