2026-09-03 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिसाब बेचेरै दैनिक २० हजार कमाइ !

भनिन्छ, भाग्य हुनेका लागि तालुमा आलु फल्छ । जब भाग्यले साथ दिन्छ र मानिसले आफ्नो कलाको आइडिया लाउँछ तब मनग्गे पैसा कमाउन कुनै पहरो फोर्नु पर्ने रहेनछ । यो दुनियामा आफ्नै पिसाब बेचेर पनि मानिसहरु करोडपति बन्ने रहेछन् ।

अमेरिकाको फ्लोरिडामा एक युवती आफ्नो पिसाब बेचेर घरमै बसीबसी लाखौँ कमाउँथिन् भन्दा पत्यार नलाग्न सक्छ । जब मानिसहरुलाई ती युवतीको त्यो कर्मको बारेमा थाहा भयो तब सबै अचम्ममा परे । आखिर उनको पिसाबमा त्यस्तो के छ ? जसलाई किन्नका लागि मानिसहरु बेचैन हुन्छन् ?

घटना अनुसार एकजना कलेज पढ्ने युवतीले दुई वर्ष पहिले अनलाइनमा एक विज्ञापन दिइन् आफ्नो पिसाब बिक्रि समबन्धमा । आफु ३ महिनाको गर्भवती रहेको हुँदा प्रेग्नेन्सी परीक्षणका साथै पिसाबलाई कुनै विशेष काममा प्रयोग गर्न चाहनेले आफ्नो पिसाब खरीद गर्न सक्ने कुरा उनले विज्ञापनमा उल्लेख गरेकी थिइन् । उनले आफ्नो पिसाबको एक वा दुई थोपाको मूल्य २५ डलर पर्ने बताएकी थिइन् ।

सोसल मिडियामा उनको विज्ञापन भाइरल बन्यो । पिसाब किन्न चाहनेको होडबाजी नै भयो । रोचक त के भने उनको पिसाब किन्न चाहनेमा धेरै जसो महिला तथा युवतीहरु नै थिए । यसरी ती युवतीले आफ्नो पिसाब बेचेरै दिनमा २ सय डलर कमाउन थालिन् ।

आखिर उनको त्यो पिसाब किन्नका लागि महिलाहरु किन मरिहत्ते गरे त ? यसको पनि रोचक नै रहेछ कारण रहेछ । खासगरी ती गर्भवती युवतीको पिसाबलाई अन्य युवतीले आफ्नो ब्वाईफ्रेन्डलाई ब्लाकमेल गर्नमा प्रयोग गर्दा रहेछन् । बिहे गर्ने बचन दिएर यौन सम्पर्क गर्ने तर पछि बिहे नगर्ने भनेर तर्किने प्रेमीहरुलाई आफु गर्भवती भैसकेको भनेर तर्साउनका लागि उनीहरुले किनेको पिसाबबाट प्रेग्नेन्सी टेस्ट गरी पोजिटिभ रिजल्ट प्रेमीहरुलाई देखाउने रहेछन् ।

तर उनको त्यो पिसाब किन्नेहरुले त्यसलाई के के मा प्रयोग गर्थे भन्ने उनलाई थाहा थिएन । पिसाब बेचेर उनले लाखौँ कमाइन् र आफ्नो कलेजको शुल्क तिर्नका लागि त्यो पैसा प्रयोग गरेको उनी बताउँथिन् ।

एक समाचार च्यानलले स्टिङ्ग अपरेसन गरी त्यो पिसाब बिक्रिको यथार्थ कथा बाहिर ल्याइदियो । पत्रकार ग्राहक बनेर ती युवतीसम्म पुगे । त्यतिबेला उनले पिसाब बेचेर दिनमै २० हजार रुपैयाँ बराबरको रकम कमाउँथिन् । तर जब सञ्चार माध्यममा समाचार आयो तब विज्ञापन साइटले पिसाब बिक्रिको त्यो विज्ञापन हटाएको थियो । अनि पिसाब बेच्ने ती युवतीको धन्दा पनि बन्द भएको थियो ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही