Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

२० रुपैयाँमै गर्लफ्रेण्ड भाडामा, के–के गर्न पाइन्छ ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

आजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । सायद युवकहरुको यहीँ अवस्थालार्ई मध्यनजर गर्दै अहिले भाडामै गर्लफ्रेण्ड उपलब्ध गराउने सेवा सुरु भएको छ ।

हो, छिमेकी मुलुक चीनमा झण्डै २० रुपैयाँ खर्चमा एक सुन्दर गर्लफ्रेण्ड भाडामा पाइन्छ ।

चीनको गुआंगडोंगस्थित एक स्टोरमा यस्तो सुविधा छ । त्यहाँ सुन्दर तथा जवान युवतीहरुको लाइन हुन्छ । त्यहाँ कुनै पनि पुरुष गएर आफूलाई मन पर्ने युवतीलाई भाडामा गर्लफ्रेण्ड बनाएर लग्न सक्दछ । त्यसका लागि प्रति २० मिनेटको झण्डै २० रुपैयाँ रकम तिर्नुपर्दछ ।

यसरी भाडामा लिएका गर्लफ्रेण्डबाट के–के सुविधा पाइन्छ त ? धेरै आशा नगरे हुने रहेछ । ती भाडाका गर्लफ्रेण्डलाई आफूसँगै लिएर नजिकैका मल तथा स्टोरहरुमा घुमाउन सकिन्छ । सपिङ गराउने इच्छा छ भने पनि गराउन पाइन्छ ।

भाडाकी गर्लफ्रेण्डसँग लञ्च डेटिंग पनि गर्न सक्नुहुन्छ । तर यी सबै काम केवल २० मिनेटमा सकाउनु पर्दछ । यदि त्यसभन्दा बढी समय लागेमा अतिरिक्त रकम भुक्तानी गर्नुपर्दछ ।

भाडाकी गर्लफ्रेण्डको अनुमतिविना छुन पनि पाइँदैन । अनुमति पाएमा छुन भने पाइन्छ । तर, त्यभन्दा बाहेक सोच्नसम्म मनाही हुन्छ ।

रोचक त के भने त्यहाँ गर्लफ्रेण्ड मात्र होइन, ब्वायफ्रेण्ड पनि भाडामा पाउन सकिन्छ ।

एजेन्सी