२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूट्युबमार्फत दुनियाँमै सबैभन्दा धेरै कमाइ गरे ७ वर्षीय बालकले, उनको कमाइ कति ?

२०७५, १८ मंसिर मंगलवार ११:००

सोच्नुहोस् त, एउटा सात वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला?

यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै सात वर्षका छन्।

फोर्ब्स पत्रिकाले रेयानलाई सन् २०१८ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टार भनेको छ। उनले यो वर्ष जुन १ तारिखसम्म करिब २ करोड २० लाख (२२ मिलियन) डलर कमाएको फोर्ब्सले जनाएको छ। 

रेयान २०१७ मा पनि यो सूचीमा परेका थिए। रेयानको गत वर्षको कमाइ १ करोड १० लाख डलरभन्दा बढी थियो। उनी धनाढ्य यूट्युब स्टार सूचीको आठौं स्थानमा थिए। यो वर्ष भने उनको कमाइ दोब्बर भएसँगै उनी एक नम्बरमा परेका हुन्। 

यूट्युबका ‘स्टार’ को धनाढ्य सूचीमा करिब २ करोड १५ लाख डलर कमाएर जेक पल दोस्रो नम्बरमा परेका छन्। तेस्रो नम्बरमा २ करोड डलर कमाइ गर्ने ड्यूड परफेक्ट छन्।  

यी सबैलाई सात वर्षका बालक रेयानले उछिनेका हुन्। उनी हरेक हप्ता यूट्युबमा खेलौनाको समीक्षा गर्छन्। उनको च्यानल ‘रेयान ट्योज रिभ्यु’ का भिडियो करोडौंपटक हेरिएका छन्। यो च्यानलमार्फत् उनले आफ्ना दर्शकलाई खेलौनाको ‘छुट्टै संसार’ लैजाने टिप्पणी विश्लेषकले गरेका छन्। सन् २०१५ बाट सुरु भएको उनको च्यानलका भिडियो हालसम्म २६ अर्बभन्दा बढी पटक हेरिएका छन्।

कम उमेरमा सबभन्दा धेरै कमाउनेमा रेयानका बारेमा धेरै जानकारी भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी अमेरिकाका हुन् भन्ने चाहिँ पुष्टि भएको बताइएको छ।

गत वर्ष रेयानकी आमाले अमेरिकी अखबार वासिङटनपोस्टलाई एक अन्तर्वार्ता दिएकी थिइन्। त्यसमा उनले रेयानका बारेमा थोरै कुरा बताएकी थिइन्। ‘रेयान सानै उमेरदेखि खेलौनाको सौखिन थियो,’ उनले भनेकी थिइन्, ‘ऊ टिभी र यूट्युबमा आउने रिभ्यु हेर्थ्यो। तीन वर्ष छदैंदेखि उसको यसमा लगाव छ।’

रेयानकी आमाले पनि आफ्नो परिचय दिन मानिनन्। ‘उसले मलाई सानैदेखि गनगन गर्थ्यो,’ उनले भनिन्, ‘म अरू बच्चा जस्तो यूट्युबमा किन देखिन्नँ भन्थ्यो। त्यसपछि हामीले उसलाई यो सम्भव छ बाबु भनेर सम्झायौं र खेलौना किन्न गयौं। पहिलोपटक हामीले उसलाई एक रेल किनिदियौं र यहीँबाट यो सब सुरु भयो।’

रेयानको एउटै भिडियो ८० करोडभन्दा बढीले हेरेका छन्। मार्च २०१५ मा सुरु भएको उनको च्यानलमा एक करोड ७३ लाखभन्दा बढी फलोअर छन्। एजेन्सी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय