2026-09-03 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एतिहासिक चमत्कार: पहिलो पटक मृत महिलाको गर्भाशयबाट बच्चा जन्मियो

पेरिस | चिकित्सा इतिहासमै पहिलो पटक कुनै महिलाले मृत महिलाको गर्भाशय प्रत्यारोपण (युटेरस ट्रान्सप्लान्ट) गरेर स्वस्थ शिशुलाई जन्म दिएकी छन् । ब्राजिलमा यो अपरेशन दुई वर्षअघि गरिएको थियो । तर यो कुराको जानकारी चिकित्सकहरुले सार्वजनिक गरेका थिएनन् । 

लेन्सेट जर्नलमा प्रकाशित शोधमा जनाइए अनुसार गर्भाशयको समस्यासँग जुधिरहेका महिलाका लागि यसलाई ठुलो उपलब्धी मानिएको छ । गर्भाशय प्रत्यारोपणपछि एक आमाले सन् २०१६ मा बालिका शिशुलाई जन्म दिएकी थिइन् । अहिलेसम्म गर्भाशयको समस्यासँग जुधिरहेका महिलासँग धर्मपुत्र/पुत्री स्वीकार्ने या सेरोगेट (भाडाको कोख) नै आमा बन्ने विकल्प थियो । 

सन् २०१३ मा स्वीडेनमा पहिलो पटक जीवित महिलाको गर्भाशय प्रत्यारोपण गरिएको थियो । यसपछि अहिलेसम्म १० पटक यस्तो प्रत्यारोपण भइसकेको छ। जीवित महिलाको गर्भाशय मिल्न धेरै कठिन छ । त्यसपछि डाक्टरहरुले मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गर्ने अर्को विकल्पको खोजीमा थिए । 

ब्राजिलमा सफल हुनु पहिल अमेरिका, चेक रिपब्लिक र टर्कीमा मृत महिलाको गर्भाशय प्रत्यारोपणका १० वटा प्रयास भइसकेका थिए । वैज्ञानिकका अनुसार ५०० मा एक महिलालाई गर्भाशयको संरचना, गर्भाशयोच्छेदन र संक्रमण हुन्छ । जसका कारण उनलाई गर्भधारण गर्न समस्या हुन्छ । 

साओ पाउलो विश्वविद्यालयका डाक्टर दानी एजेनबर्गका अनुसार यो सफलतापछि अब गर्भ नबस्ने समस्या रहेका महिलालाई मृत महिलाको गर्भाशय प्रत्यारोपण गरी आमा बन्ने बाटो खुलेको छ।

डा. एजेनबर्गका अनुसार मृत्युपछि कयौँ मानिस आफ्नो अंगदान गर्न चहान्छन् । यिनको संख्या जीवित हुँदै अंगदान गर्ने भन्दा कयौँ धेरै हुन्छ । ३२ वर्षीया जुन महिलामा गर्भाशय प्रत्यारोपण गरियो, उनी एक दुर्लभ रोगबाट पीडित थिइन् । गर्भाशय दान गरेकी ४५ वर्षीया महिलाको स्ट्रोकबाट ज्यान गएको थियो । १० घण्टा भित्र मृत महिलाबाट गर्भाशय निकालेर त्यसलाई अर्की महिलामा प्रत्यारोपण गरिन्छ । शरीरले नयाँ अंगलाई स्वीकार गर्न नसक्ने अवस्थालाई रोक्न एन्टी-माइक्रोबियल्स, एन्टी-ब्लड क्लोटिङ्ग उपचारसहित ५ अलग-अलग औषधि दिइएको थियो ।

५ महिनापछि गर्भाशयलाई शरीरले स्वीकार गरेको कुनै सं‌केत मिलेसँगै महिनावारी पनि नियमित हुन थाल्यो । प्रत्यारोपणको सात महिनापछि नयाँ गर्भाशयमा शुक्रकिट पठाइयो । १० दिनपछि डाक्टरहरुले गर्भधारणको सूचना दिएका थिए । ३२ हप्तासम्म गर्भधारण सामान्य थियो । ३६ औँ सातामा महिलाले २.५ किलोको शिशुलाई सिजेरियन प्रविधिबाट जम्म दिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही