Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जब एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो ।

तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर खिचाए ।

लण्डन नजिकैको आइवेड नामक उक्त गाउँका मानिसहरु आफ्ना लागि वा चर्चित बन्नका लागि यस्तो गरेका होइनन् ।

एउटा कल्याणकारी कार्यका लागि पैसा जुटाउन भन्दै गाउँलेहरु नांगिएर फोटो खिचाएका हुन् ।

त्यसमा गाउँका २४ जना मानिसहरुले भाग लिए, जसमा फोटोग्राफर पनि सामेल थिए ।

पेशाले ब्युटिसियन रहेकी लारा चिजम्यानले गाउँमा उक्त न्यूड फोटोशूटको लागि अग्रसरता लिएकी थिइन् । गरीब बालबालिकाको लागि सञ्चालित अभियानका क्रममा उनले आफ्नो सोसल साइट मार्फत न्यूड फोटोशूटको आयोजना गर्न लागेको कुरा उल्लेख गरेकी थिइन् । जब उनले सोसल मिडियामा यस्तो खुलासा गरिन् तब नांगिएर फोटो खिचाउन गाउँलेहरु तछाडमछाड गरे । अन्ततः २४ जनाको निर्वस्त्र फोटो खिचियो ।

निकै चिसोका बाबजुत पनि मानिसहरुले जिउ नांगो पारेर तस्वीर खिचाउन तयार भएका थिए ।

गाउँलेका निर्वस्त्र फोटोहरुलाई एउटा क्यालेन्डरमा प्रयोग गरिनेछ । ती क्यालेन्डरहरु छपाई गरी बिक्रि गरेर प्राप्त रकमलाई बालबालिकाको क्षेत्रमा खर्च गर्ने उनको भनाई छ ।

एजेन्सी