पढ्न करिब 1 मिनेट लाग्छ

बेलायतमा एकजना रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै आत्महत्या गरिरहेको अवस्थाबाट एक व्यक्तिलाई बचाएका छन् । लायन ली नाम गरेका रेडियो प्रस्तोताले चलाखीपूर्ण रुपमा आफ्नो फोन कलरलाई बचाएका हुन् ।

क्रिस नामका एक पुरुषले ड्रग्सको ओभरडोज लिएर रेडियो प्रस्तोता लायनलाई आफू अबको केही बेरमै मर्ने भन्दैफोन गरे । लायनले ३० मिनेटसम्म ती पुरुषसँग कुराकानी गरिरहे ।

यस क्रममा लायनले उनलाई प्रेरणादायी वाक्य बोलेरै अनेक प्रयत्न गरे । उनी रहेको ठाउँ पत्ता लगाए र कस्तो अवस्थामा रहेको सबै बुझिसकेका थिए ।

लायनले फोनमा भनेका थिए, ‘ठ्याक्कै कुन गल्लीमा बस्छौ तिमी ? म तिमी यो रातभर रहेको देख्न चाहन्छु र भोलि मसँग कुरा गर भन्ने चाहन्छु । तिमी यही रात मरेको देख्न चाहन्नँ म । किनकी म तिमीलाई माया गर्छु । म तिमीलाई माया गर्छु भाइ । म तिमीलाई माया गर्छु !’

यसरी लालित्यपूर्ण कुरामै क्रिसलाई अलमल्याएर उद्धारकर्मी त्यहाँ पठाउन चाहन्थे लायन । यही क्रममा लायनका प्रोड्युसरले आपतकालिन सेवाका लागि फोन गरेर क्रिसको ठाउँ र हुलियाबारे जानकारी गराए । केही बेरमै प्रहरी अधिकारीहरु क्रिसलाई बचाउन पुगे । अन्ततः एकजना रेडियो प्रस्तोताकै पहलमा क्रिसको उद्धार भयो । एजेन्सी