पढ्न करिब 1 मिनेट लाग्छ

कहिलेकाहीँ मानिसलाई कुसमयमा दिसापिसाब आइदिएर आपत पर्छ ।

यस्तै घटना भएको छ अमेरिकामा । पाइलटलाई बेस्सरी पिसाबले च्यापेपछि राजमार्गमा आकस्मिक अवतरण गराए अनि सडक किनारामै पिसाब फेरिदिए ।

राजमार्गबाट गइरहेका यात्रुले उनको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि खुबै चर्चा भइरहेको छ ।

घटना अमेरिकाको दक्षिणी क्षेत्र अलाबामाको हो । भिडियोमा देखिन्छ, एक व्यक्ति विमानलाई हाइवेमा राखेर पिसाब गर्न जान्छन् । राजमार्ग हुँदै गइरहेको एक जोडीले उनको हर्कतलाई भिडियोमा रेकर्ड गरिदिन्छन् ।

बताइएअनुसार, राजमार्गमा पिसाब फेर्ने व्यक्ति विमान उडाउन सिकिरहेका थिए र उनी प्रशिक्षक जिम विलियम्ससँग बसेर सानो प्लेन उडाइरहेका थिए ।

अचानक प्लेनको इन्जिन फेल भयो अनि प्रशिक्षकले सावधानीपूर्वक प्लेनलाई हाइवेमा उतारे । त्यसपछि प्रशिक्षार्थीलाई पिसाबले च्याप्यो र उनी विमानबाट ओर्लेर राजमार्गछेउको खेतमा पिसाब फेर्न पुगे । एजेन्सी

This small Cessna landed on a crowded I-20 W in Christmas traffic. He barely missed a few cars and landed perfectly. The two men inside said it was a student pilot’s first flight and they had engine failure. They were remarkably calm. The student was the first to exit the plane. pic.twitter.com/Rg9zchqbEk
— Fredie Carmichael (@DeveloperFredie) December 22, 2018