पढ्न करिब 1 मिनेट लाग्छ

पुस २३, काठमाडौं | चीनको सेन्जेन सहरमा साइकलसँग ठोक्किएर कार कच्याक कुचुक भएको छ । कारसँग ठोक्किएर साइकल कच्याक कुचुक हुनु पनि नौलो होइन । जब साइकलसंग कार ठोक्किदा कार कच्याक कुचुक बन्यो तब यो कुरा आश्चर्य बन्दो रहेछ ।

रोचक त के भने साइकल र कार आपसमा ठोक्किँदा साइकलमा कुनै क्षति पुगेन तर कारको अगाडिको बनोट पूर्णरुपमा क्षतिग्रस्त बन्यो । त्यो तस्वीर सोसल मिडियामा अहिले भाइरल बनेको छ ।

उक्त घटनामा कारलाई कुच्याइदिने साइकलको धेरैले प्रसंसा पाइरहेको छ ।

त्यस्तो बलियो साइकलको बारमेा जान्नका लागि मानिसहरु उत्सुक नहुने कुरै भएन । घटनाको भिडियो बाहिर आएसँगै मानिसहरुले कार कम्पनीको मजाक उडान सुरु गरे ।

कतिपयले त्यो फोटो तथा भिडियो नक्कली भएको बताएपनि पुलिसले त्यो वास्तविक घटना भएकेा पुष्टि गरेको छ ।

पिपुल्स डेली चाइनाले समेत यो तस्वीर सहितको समाचार छापेको छ । दुर्घटनामा साइकलमा कुनै क्षति नभएपनि चालक सामान्य घाइते भएका छन् । उता कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएपनि कारका यात्रु तथा चालक सुरक्षित छन् । एजेन्सी