Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जब १४ वर्षदेखि अचेत अवस्थमा कोमामा रहेकी महिलाले बच्चा जन्माइन् !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २४, काठमाडौं | अमेरिकाको एरिजोनास्थित हेसिंडा हेल्थ केयरमा करिब १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । कोमामा अचेत अवस्थामा रहेकी महिलाले बच्चा जन्माएपछि उनीमाथि अस्पतालमै यौनशोषण भएको आशंकामा गरिएको छ । सोहि अस्पतालका स्टाफमाथि यसअघि पनि दुव्यवहारको आरोप लागिसकेको छ ।

बच्चा जन्माउने महिला विगत १४ वर्षदेखि अस्पतालमा छिन् । पानीमा डुबेपछि उनको मस्तिस्क क्षतिग्रस्त भएको थियो र उनी कोमामा पुगेकी थिइन् । उनलाई २४ घण्टा हेरचाह गर्नुपर्छ । अस्पतालका स्वास्थ्यकर्मी दिनमै कैयौं पटक महिलाको जाँच गर्छन् । अब स्टाफमाथि यौनशोषणको आरोप लागेपछि अस्पतालले नियम फेरेको छ । नयाँ नियमअनुसार अब पुरुष स्टाफसँगै महिला स्टाफ पनि त्यहाँ रहनेछिन् । स्टाफको संख्या बढाउनुका साथै बिरामीको सुरक्षामा पनि ध्यान दिइनेछ ।

केन्द्रका प्रवक्ताका अनुसार यो घटनाको जाँचमा स्टाफले हरसम्भव सहयोग गरिरहेका छन् । हेल्थ सेन्टरका स्टाफमाथि यसअघि पनि अभद्रताको आरोप लागिसकेको थियो जसका कारण २०१३ को डिसेम्बरदेखि यो अस्पताललाई दिइने अनुदानमा रोक लगाइएको थियो । एजेन्सी