पढ्न करिब 1 मिनेट लाग्छ
<p>काठमाडौं | वर्ल्ड रेकर्ड नामको इन्स्टाग्राम पेजमा एउटा अण्डाको फोटोमा २.५ करोडबढी लाइक पाइसकेको छ । हलिउड नायिका एवं सर्वाधिक धनी सेलिब्रिटीमध्ये एक काइली जेनरलाई सोसल मिडियामा एउटा अण्डाले पछि पारेको छ।<br></p><p>गत वर्ष काइलीको तर्फबाट पोष्ट गरिएको उनको छोरीको फोटोले १.८० करोड लाइक पाएको थियो जसले विश्व रेकर्ड राखेको थियो ।</p><p>यो अण्डाको फोटो पोष्ट गर्दै अकाउन्टधारीले बजफीड, डेलीमेल, सिएनएन, प्यूटाईपाई, द सन, द एलन शोजस्ता ठूल्ठूला वेबसाइटलाई ट्याग गरेका थिए । यो फोटो पोष्ट गर्दै काइलीलाई चुनौती दिइएको थियो । अकाउन्टधारीले यसलाई पोष्ट गर्दै लेखेका थिए, ‘नयाँ विश्व रेकर्ड बनाऔं र यसलाई इन्स्टाग्रामको सबैभन्दा धेरै लाइक पाउने फोटो बनाऔं । अहिलेको विश्व रेकर्ड जुन काइली जेनरको नाममा छ, त्यसलाई तोडेर देखाऔं ।’एजेन्सी</p>

