Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

छात्राले नम्बर बढाई दिन आग्रह गर्दा शिक्षकले सेक्सको प्रस्ताव राखेपछि …

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । अहिले यौनजन्य हिंसा सर्वत्र फैलिएरहेको अवस्था छ । नेपालमा मात्र नभई अन्य देशका महिला पनि यौनजन्य हिंसाको शिकार खेपिरहेका छन् ।

यस्तै नाइजेरियामा पनि एक घटना घटेको छ | नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेल छात्रासँग सेक्सको माग गरेको अभियोग जेल चलान भएका छन् ।

सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए । उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जेल सजाय तोकिएको छ ।

२३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।

ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबाफेमी एवोलोवो युनिभर्सिटीले निष्कासित गरेको छ । एजेन्सी