Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अन्तरिक्षमा पहिलो होटल: १२ दिनको यात्रा, एकै दिनमा १६ पटक सूर्योदय/सूर्यास्त देख्न सकिने

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, काठमाडौँ | पृथ्वीबाट ३२१ किलोमिटर टाढा अन्तरिक्षमा संसारकै पहिलो होटल बनाइने भएको छ । उक्त होटेल २०२१ देखि स्थापना गर्ने योजना छ । २०२२ देखि उक्त होटलमा गेस्ट जान सक्नेछन् । १२ दिनको यात्रामा ६ जना यात्रु होटलमा बस्न सक्ने बताइएको छ । होटलमा जानको लागि एक जना यात्रुले ९.५ मिलियन डलर (करीब १ अर्व ७ करोड नेपाली रुपयाँ) खर्च तिर्नुपर्ने अनुमान छ ।

अन्तरिक्ष होटलका विशेषता के-के हुने ?

१. यात्री गुरुत्वाकर्षणहीन अवस्था (जीरो) को स्थितिमा रहनेछन् । होटलको नाम अरोरा स्टेशन राखिएको छ । उक्त होटललाई अमेरिकाको कम्पनी ओरायन स्पानले बनाएको हो ।

२. ओरायन स्पानको संस्थापक र सीईओ फ्रेन्क बन्जरका अनुसार यो होटल स्थापना गर्नुको कारण अन्तरिक्षमा आम मानिसको पहुँच पुर्याउनु रहेको छ । उनका अनुसार १२ दिनसम्म यात्रा गर्ने यात्रुले आफू अन्तरिक्ष यात्री भएको अनुभव गर्न सक्नेछ ।

३. बन्जरका अनुसार, "स्पेस होटलमा जाने पहिलो यात्रुले २ बर्ष तालिम लिनुपर्नेछ । जसमा तीन महीनाको ओरायन स्पेस एस्ट्रोनट सर्टिफिकेशन प्रोग्राम पनि शामिल हुनेछ ।" अरोरा स्टेशनलाई पृथ्वीदेखि ३२१ किलोमिटर टाढा अन्तरिक्षको कक्षमा स्थापित गरिनेछ ।

४. होटलले ९० मिनटमा पृथ्वीको एक चक्कर लगाउनेछ । जस अनुसार २४ घण्टामा उक्त होटलमा जाने यात्रुले १६ पटक सूर्योदय र सूर्यास्त देख्न सक्नेछन् ।

५. अरोरा स्टेशन जाने यात्रीहरुले पृथ्वीमा रहेका आफ्ना परिवार/साथीभाईसँग लाइभ च्याट पनि गर्न सक्नेछन् । होटलमा उनीहरुलाई हाईस्पीड वायरलेस इन्टरनेटको सुविधा दिईनेछ । यति मात्र होइन, प्रायोजकको तर्फबाट पृथ्वी फर्केको समयमा भव्य स्वागत पनि गरिनेछ ।

६. होटल ३५ फीट लामो र १२ फीटको उचाईमा स्थापित हुनेछ, यानेकि एक प्राइभेट जेटजस्तै लाग्नेछ । यसमा सुत्नको लागि स्लीपिङ प्याड र उच्च गुणस्तरीय अन्तरिक्ष खाना उपलब्ध गराइनेछ । होटलमा बार पनि बनाइएको छ ।